मिति २०७९।११।२०तदनुसार 4th march 2023 शनिबारका दिन नारायणगढ लेडी जेसिज को आयोजनामा होली मित्र मिलन र बनभोज कार्यक्रम जलदेवी सामुदायिक वन आपटारी मा शाखा अध्यक्ष जेसी सुस्मिता श्रेष्ठ ज्यूको सभाअध्यक्षतामा सब्य र भव्य रुपमा सम्पन्न भयो ।
कार्यक्रममा नारायणगढ लेडी जेसिजकि संरक्षण एवं पूर्व अध्यक्ष श्री बिश्व शान्ति पिया ज्यू प्रमुख अतिथि रहनु भएको थियो भने पूर्व अध्यक्ष श्री रन्जिता श्रेष्ठ ज्यू, पूर्व अध्यक्ष सिनेटर श्री मनषा थैव श्रेष्ठ ज्यू, पूर्व अध्यक्ष श्री निर्जनी प्रधान ज्यू ,पूर्व अध्यक्ष श्री रमा श्रेष्ठ ज्यू र पूर्व अध्यक्ष श्री निरु कार्की ज्यू पूर्व अध्यक्ष सिनेटर सम्झना प्रधान ज्यू र नि वर्तमान अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारी ज्यूको बिशेष उपस्थिति रहेको थियो ।कानुनी सल्लाहकार जेसी हिमा श्रेष्ठ ज्यू कार्यक्रमको संयोजक रहनु भएको थियो ।