सुर्खेत महिला जेसीजकाे साउन २६ गतेदेखि सञ्चालन भइरहेकाे जेसीज सप्ताहकाे अन्तिम कार्यक्रम उत्कृष्ट नारी सम्मान तथा समापन कार्यक्रम मिति २०८०/०५ /२ (19th August 2023 ) का दिन अध्यक्ष सीता भण्डारीकाे अध्यक्षतामा सम्पन्न गरियाे । कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका अार्थिक मामिला तथा याेजना मन्त्री माननीय बेदराज सिंह हनुभएकाे थियाे भने नेपाल जेसीज बर्ष 2005 का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर गेहेन्द्र प्रसाद दाहाल ज्यु , सुर्खेत उधाेग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल ज्यु रहनुभएकाे थियाे भने वीरेन्द्रनगर जेसीजका अध्यक्ष ,पुर्व अध्यक्ष ज्युहरू र सुर्खेत महिला जेसीजका पुर्व अध्यक्ष ज्युहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा भर्खरै काेरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता नन्दा बस्याललाई उत्कृष्ट नारी सम्मान गरेकाे थियाे ।