आज मिति २०८०/१/ २३ गते शनिवारका दिन दाङ महिला जेसिजका शाखा अध्यक्ष जेसि नारायणी भण्डारी ज्यूको अध्यक्षतामा, घोराही उपमहानगरपालिकाकाका प्रमुख नरुलाल चौधरी ज्यूको प्रमुख आतिथ्यता एवं जिल्ला प्रहरी कार्यालय दाङ का प्रहरी प्रमुख बीर बहादुर वली, नेपाल जेसिज क्षेत्र ' घ ' निरुपित राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष जिवन कार्की ज्यूको विशिष्ट आतिथ्यतामा सप्ताह अन्तर्गतको सातौ अर्थात् अन्तिम दिन " बढ्दो आर्थिक संकट समाधानका लागी हाम्रो प्रयास विषयक अन्तरक्रिया / समापन " कार्यक्रम मातृ शाखा त्रिभुवननगर जेसिजको सचिवालयमा सम्पन्न गरियो।
कोषाध्यक्ष जेसि लक्ष्मी चौधरीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा उपाध्यक्ष जेसी आकृती शर्माले जेसीज आस्थाको पाठको अगुवाइ गर्नुभएको थियो भने कोष वृद्धि सभापति जेसि आरधना सिंह ठकुरीले जेसिआई मिसन भिजन वाचन गर्नुभएको थियो। प्रमुख अतिथी ज्युले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। कार्यक्रमका मुल सम्योजक जेसी बसन्ता भण्डारीले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो। अर्न्तरक्रिया कार्यक्रमा बोल्ने वक्ताहरु जल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रदेश प्रमुख पवन योगी, दाङ भ्याली कलेजका प्राध्यापक नवराज अधिकारी , नबिल बैङ्क कलस्टर प्रमुख मुरारी प्रसाद अर्याल ज्यूले आफ्नो आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा दाङ महिला जेसिजका संस्थापक कार्यकारिणी उपाध्यक्ष एवंम् नेपाल परिवार नियोजन संघका केन्द्रीय उपाध्यक्ष निर्मला रेगमीज्यू , प्रतिनिधि सभाका पूर्व संसद सम्झना वि.कज्यू, नेकपा माओबादिका केन्द्रीय सचिव विश्वराज आचार्यज्यू, दाङ महिला जेसिजका पूर्व अध्यक्ष विन्दु गिरीज्यू, मातृ शाखा अध्यक्ष जेसि कुल बहादुर वली, महिला जेसिज निवर्तमान अध्यक्ष जेसि शारदा घर्ती, संस्थापक अध्यक्ष जेसि निर्मला गौतमज्यू लगायतले मन्तव्य दिनुभएको थियो ।
कार्यकारिणी उपाध्यक्ष जेसी दिलु मल्लले धन्यवाद मन्तव्य दिनुभएको कार्यक्रममा ५० जनाको उपस्थिति रहेकोमा महासचिव जेसी अर्चना शर्माले कार्यक्रम सहजीकरण गर्नुभएको थियो ।