" वृक्षारोपन कार्यक्रम "

2023-08-24

दाङ महिला जेसिजको आयोजनामा मिति २०८०/ २ / २२ गते शाखा अध्यक्ष जेसि नारायणी भण्डारी ज्यूको  अध्यक्षतामा  गोरक्ष रत्ननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक श्री श्याम लाल मल्ल ज्युको प्रमुख आतिथ्यतामा गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेरा दाङमा 'वृक्षा रोपन कार्यक्रम'  सम्पन्न गरियो। कार्यक्रममा संयोजक कोष वृद्धि सभापति जेसी अरधना सिंह ठकुरीले स्वागत मन्तव्य दिनुभएको थियो भने आस्था पाठ सदस्य जेसि पवित्रा चौधरीले  गर्नुभएको थियो भने प्रमुख अतिथी ज्यूले गमलामा पानि हालि कार्यक्रमको उद्‌घाटन गर्नु भएको थियो । 

उक्त कार्यक्रममा सो विद्यालयका व्यवस्थापन समितिका सदस्य खेमराज विश्वकर्माज्यू, मातृ शाखा त्रिभुवननगर जेसिजका अध्यक्ष जेसि कुल बहादुर वली ज्यूले आफ्नो मनतव्य राख्नु भएको थियो भने वृक्षारोपन गरि कार्यक्रम सम्पन्न गरिएको थियो । 
३१ जनाको उपस्थिती रहेको कार्यक्रममा सहजिकरण  महासचिव जेसी अर्चना शर्माले  गर्नु भएको थियो।

JCI News Archive