स्वर्ण जयन्ती जेसिस सप्ताह मनाउदै काठमाडौ जेसिस

2019-04-24

स्वर्ण जयन्ती जेसिस सप्ताह मनाउदै काठमाडौ जेसिस

काठमाडौ ११ बैशाख । काठमाडौ जेसिसको गोल्डेन जुभ्ली जेसिस वीक अन्तर्गत पहिलो दिन स्क्रि बन एण्ड डोनेशन अवारनेश कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौको चाबहिल स्थित मित्रपार्कमा जेसिसले स्क्रि वन एण्ड डोनेशन कार्यक्रम बैशाख ७ गते सम्पन्न गरेको छ । त्यसैगरी दोश्रो दिन बानेश्वरको केएण्डके कलोजड्रग अवारनेश कार्यक्रम सम्पन्नगरेको छ ।

त्यसैगरी तेश्रो दिन काठमाडौको पशुपतिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ४९ जनाले रक्तादना गरेका थिए । त्यसैगरी चौथो चरणको कार्यक्रम सेल्फ डिपेन्डेन कार्याक्रम काठमाडौको युवालय स्कुलमा बैशाख १० गते सञ्चालन गरेको काठमाडौ जेसिसका अध्यक्ष भुवन कुमार श्रेष्ठले बताए ।
काठमाडौ जेसिस आफनो स्थापनाकालको ५० औ बर्षमा प्रवेश गरेको अवसरमा विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएको छ । अहिले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत दैनिक एउटा कार्यक्रम गर्दै आएको छ । यस अघि ललितपुरमा रहेको नेपाल स्नेही काखमा रहेका बालकालिका तथा बृद्धाहरुलाई फलफुल तथा नगद सहयोग गरेको थियो । त्यसैगरी गोरखामा स्वस्थ्य शिविर सञ्चालन गर्नुका साथै कपडा र चप्पल वितरण कार्यक्रम गरेको थियो ।
JCI News Archive