मिति २०८०।०४।२ तदनुसार १८ जुलाई २०२३ मंगलबारको दिन नारायणगढ लेडी जेसिजकोलागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रजनी थापा ज्यूको शाखा भ्रमण कार्यक्रम नारायणगढ लेडी जेसिजको सचिवालयमा अध्यक्ष जेसी सुस्मिता श्रेष्ठ ज्यू को अध्यक्षतामा सब्य र भव्यताका साथ सम्पन्न भयो ।
कार्यक्रम नारायणगढ लेडी जेसिजकोलागि निरुपित राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जेसी रजनी थापा ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो
नारायणगढ लेडी जेसिजकि धरोहर पूर्व अध्यक्ष एवं पूर्व राष्ट्रिय कानुनी सल्लाहकार सिनेटर मनषा थैव ज्यू र नारायणगढ लेडी जेसिजकि धरोहर पूर्व अध्यक्ष एवं अध्यक्ष सल्लाहकार श्री निरु कार्की ज्यूको गरिमामय उपस्थिति रहेको थियो
कार्यक्रमको संयोजक नारायणगढ लेडी जेसिज वर्ष २०२३कि उपाध्यक्ष जेसी संगिता थापा मगर ज्यू रहनु भएको थियो।