चन्द्रनिगाहपुर सिटी जेसीजले वर्ष २०२३ को जेसीज सप्ताह २०८० भाद्र १८ गते एक कार्यक्रमका बीच चन्द्रपुर ५ स्थित होटेल AN Plaza मा भब्य कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रमको सभा अध्यक्षता चन्द्रनिगाहपुर सिटी जेसीजका अध्यक्ष जेसी चिरञ्जीवी गौतमले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि प्रमुख वक्ता JCI नेपालका पुर्व अध्यक्ष तथा मधेश बिश्व बिद्यालयका उपकुलपति JCI सिनेटर प्रो. डा. दिपक शाक्य हुनुहुन्थ्यो कार्यक्रममा विशिष्ट अतिथि नेपाल जेसीज वर्ष २०२३ का रास्ट्रिय उपाध्यक्ष जेसी सोनी श्रेष्ठ हुनुहुन्थ्यो त्यसै गरि कलेज संचालक, शाखाका पुर्व अध्यक्ष ज्युहरु शाखाका जेसीज साथीहरू संगै जनज्योति बहुमुखी क्याम्पस, मुन लाइट एकेडेमी, माउन्ट एभरेस्ट तथा बालनिकेतन उच्च मा. वि. का ३०० भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको कार्यक्रम संयोजक जेसी गोपाल हुमागाई रहनु भएको थियो भने मुल कार्यक्रम संयोजक जेसी कौशल चौहान रहनु भएको थियो । कार्यक्रममा प्रो. डा. शाक्यले सैद्धान्तिक शिक्षाले मात्र नभएर व्यक्तित्व र नेतृत्व पनि संग संगै अगाडि बढाउनु पर्ने र त्यसको पूरा गर्न जेसीजले सक्ने बताउनु भयो । सफल र सबल बन्नका लागि उच्च मा.वि. तथा बहुमुखीका बिद्यार्थी हरुलाई जेसीज अभियानमा लाग्न अनुरोध गर्नु भयो । उहाँले अव यस्ता कार्यक्रम नेपाल जेसीजले देशै भरि संचालन गर्नु पर्ने बताउनु भयो । बिद्यार्थीहरुको अन्तरक्रियामा बिद्यार्थीहरुले यस्तो कार्यक्रममा हामीलाई सहभागी गराएर जेसीजले ठुलो अवसर प्रदान गरेको भन्दै खुशी ब्यक्त गरेका थिए ।