बुधबारे जेसीजको सप्ताह अन्तरगत शनिवार बुद्धशान्ति गाउँपालिकाका १४ वटा सामुदायिकविद्यालयका प्रधानाध्यापक, शिक्षक तथा व्यवस्थापन समितिको उपस्थितिमा विद्यालयव्यवस्थापनका चुनौतीबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
जेसीज सप्ताह अन्तर्गत सात दिन सात कार्यक्रम तय गरेको बुधबारे जेसीजले पहिलो दिन बुद्धशान्तिगाउँपालिका अन्तरगत रहेका आधारभूत तहका कक्षा ८ का विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराएरसप्ताह शुरुवात गरेको थियो । त्यसैगरि शनिवार सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रका चुनौतीबारेअन्तरकृया गरेको हो । अन्तरकृयामा सहभागी विद्यालयलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
बुद्धशान्ति गाउँपालिकाको सभाहलमा बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकालको सभापतित्व तथाबुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यक्रमभएको थियो । कार्यक्रम संयोजक रुद्र निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भनेस्वागत मन्तव्य जेसी दुर्योधन सिंह देवले राखेको कार्यक्रममा महासचिव कुशल अधिकारीलेसञ्चालन गरेका थिए । कार्यक्रममा बिभिन्न विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यालयव्यवस्थापन समितिका अध्यक्ष, जेसीजका पूर्वअध्यक्ष, पदाधिकारी, सञ्चारकर्मी लगायतकोआतिथ्यता रहेको थियो ।