झापाको बुद्धशान्ति गाउँपालिकामा बुधबारे जेसीजले दरियल हिरोज ” सम्मान कार्यक्रमको आयोजना गरि सप्ताहकार्यक्रम समापन गरेको छ ।
बुद्धशान्ति गाउँपालिका क्षेत्रमा लामो समय बालबालिला स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीको रुपमायोगदान पुर्याउनु भएकी बुद्धशान्ति-६ की कमला परियार र साबिक बुधबारे गाविस रहँदा त्यहाँमातहतमा रही लामो समय सरसफाइकर्मीको रुपमा योगदान पुर्याउने बुद्धशान्ति -३ का हेमबहादुरतामाङ लाई द रियल हिरोको सम्मान पत्र ,दोसल्ला र नगत द्वारा सम्मान गरिएको छ।
बुद्धशान्ति गाउँपालिकाको सभाहलमा आयोजित समापन कार्यक्रमको संयोजन बुधबारे जेसीजकाकार्यकारीणी उपाध्यक्ष सुजित बरालले गरेका थिए।बुधबारे जेसीजका वर्ष २०२३ का अध्यक्ष अर्जुनढकालको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुखआतिथ्यता रहेको थियो ।कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्षहरु भिम कुवर ,स्वस्तिकाआचार्य र वीर बहादुर बेघा सहित बुधबारे जेसीजका पुर्व अध्यक्ष ,छिमेकी शाखा लगायत विभिन्नशाखाका जेसीज अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।
दुर्योधन देव राजपुतको मुल संयोजनमा रहेको यस सप्ताह कार्यक्रममा सम्पुर्ण कार्यक्रम संयोजकहरुलाई प्रमाणपत्र तथा मायाको चिनो वितरण ,सहयोगी संचारकर्मीहरु लाई मायाको चिनो वितरणसमेत गरिएको थियो।
भाद्रा २२ गते शुक्रबार बाट सुरु भएको यस बुधबारे जेसीजको सप्ताह कार्यक्रम को पहिलो कार्यक्रमबुद्धशान्तिका कक्षा ८ सम्म अध्यापन हुने सामुदायिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरु लाईभारतको सिलिगुडीमा रहेको साइन्स सीटी अवलोकन गराइएकोको थियो ।
साथै बुद्धशान्तिका सामुदायिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष ,प्रधानाध्यापक र शिक्षकप्रतिनिधि संग विद्यालय ब्यवस्थापनका चुनौती शीर्षकमा अभिमुखिकरण कार्यक्रम ,स्लोमोटरसाइकल रेस,जेसीज धारा समुद्घाटन,बुद्धशान्ति स्तरीय अन्तर मावि ( कक्षा ११ र १२) वक्तृत्वकला प्रतियोगिता र समापन अवसरमा द रियल हिरोज सम्मान कार्यक्रम आयोजना गरिसप्ताह समापन गरिएको हो।समपान सत्रको तथा जेसीज सप्ताह भरिका कार्यक्रम संचालन बुधबारेजेसीजका महासचिव कुशल अधिकारीले गर्नुभएको थियो ।