यस्तो थियो बुटवल जेसीजले सम्पन्न गरेको Unzip 2018 (International Level Training)

2018-11-08

जेसिज अभियान १८ देखि ४० वर्षका युवाहरुलाई नेतृत्वदायी भूमिकामा विकास गराउने एउटा विश्वव्यापी सञ्जाल हो । यही विश्वव्यापी सञ्जालको एक अशं हो–बुटवल जेसीज । जसको स्थापना सन् १९७४ मा भएको हो । बुटवल जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी जेसीजले व्यक्तिगत, व्यवसायिक, सामुदायीक र अन्तराष्ट्रिय क्षेत्रमा युवाहरुलाइ नेतृत्वदायी भूमिकामा सक्रिय बनाउने योजनाका साथ आफ्ना कार्यक्रमहरु केन्द्रित गर्ने गर्दछ । बुटवल जेसीज वर्ष–२०१८ को नेतृत्वले यो वर्ष प्रभावकारी तालिम सञ्चालन गरि जेसीज सदस्यहरुको नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने लक्ष्य अनुरुप अन्तराष्ट्रियस्तरको तालिम अनजिप २०१८ सम्पन्न गर्न सफल भएको हो । यो तालिममा बुटवल जेसीज र जेसीआई गोरखपुर मिड टाउनको संयुक्त आयोजनामा भएको हो । बुटवल जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी यम प्रसाद तिवारीको थिम TEAM अनुसार यो कार्यक्रम गरिएको हो । जेसीआई गोरखपुर मिडटाउन संग बुटवल जेसीजको भगिनीनगर सम्बन्ध विगत २९ वर्ष देखि कायम रहदै आएको छ । रुपन्देहीको कोटिहवा स्थित पाँचतारे होटलमा अन्तर्राष्ट्रिय स्तरको तालिम सम्पन्न भएको हो । JCI India का वरिष्ठ प्रशिक्षक केशव जैंन र प्रज्ञा मेहताद्वारा सहजिकरण गरिएको ३ दिनेतालिममा बुटवल जेसीजका १५ जना सदस्यहरु तथा  JCI India Zone III ४५ गरी जम्मा ६० जनाको सहभागिता रहेको थियो । बुटवल जेसीजका तर्फबाट कार्यकारिणि उपाध्यक्ष जेसी नरदेव न्यौपाने तथा जेसिआई गोरखपुर मिडटाउका तर्फबाट जेसी पुनित अग्रवालको संयोजनमा तालिम सम्पन्न भएको थियो । ३ दिने तालिममा  Happiness,Positive Attitude तथा Expose your inner potential लगायतका अन्य थुपै्र विषयमा तालिम केन्द्रित थियो ।

लक्ष्य : जेसीज सदस्यहरुको अन्तरनिहित क्षमताको पहिचान गराई जीवनशैली ब्यवस्थित बनाउने ।
उदेश्य :      
भगिनी नगर सम्बन्धलाई थप मजवुत बनाउने ।
दुई शाखाका सदस्यहरु विच ब्यवशायिक सम्वन्ध स्थापित गराउने ।

कार्यविधि :
अनजीप अन्तराष्ट्रिय स्तरको तालिम भएको कारण यो तालिम सम्पन्न गर्न प्रशिक्षण विधि अपनाईएको थियो ।
मुख्यभागः
पहिलो दिन :
तालिमको पहिलो दिन जेसीआई गोरखपुर मिडटाउन र बुटवल जेसीजका पदाधिकारी तथा जेसीज सदस्यहरु अपरान्ह ४ बजे टाईगर प्यालेश रिसोर्ट मा प्रवेश गर्नु भयो । सहभागिहरुलाई रिसोर्टले टिका र खादा लगाएर स्वागत गरेको थियो ।
सवै जेसीज सदस्यहरुले अन्तराष्ट्रियस्तरमा ख्याति प्राप्त प्रशिक्षक जेसी केशव जैन र जेसी प्रज्ञा मेहतालाई स्वागत गरेपछि तालिम करिव ७ बजे देखि तालिम विधिवत रुपमा सुरु भयो । तालिममा बुटवल जेसीजबाट १५ जना सहभागी हुनुहुन्थ्यो भने जेसीआई गोरखपुर मिड टाउनबाट ३० जना सहभागी हुनुहन्थ्यो ।
करिव १० बजे पहिलो दिनको तालिम सकिएपछि सुरु भयो गाला नाईट । गाला नाइटमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथ बुटवल जेसीजका निर्वतमान अध्यक्ष सिनेटर राजेन्द्र घिमिरे, २०१८ विशिष्ट सल्लाहकार, सिनेटर अनुपमान सैजु, सल्लाहकार सिनेटर गोपाल प्रसाद पाण्डे, सिनेटर दिनेश श्रेष्ठ, बुटवल जेसीजका पुर्व अध्यक्ष जेसी मथुरा पियाको गरिमामय उपस्थिी रहेको थियो ।
दोस्रो दिन
दोस्रो दिनको तालिम विहान ९ बजे हलमा सुरु भयो । त्यस भन्दा अघि प्रशिक्षक द्धयले विभिन्न खेल र ब्यायामको माध्यमबाट हल बाहिर जीवन उपयोगी प्रशिक्षण दिनु भएको थियो ।
दास्रो दिनको तालिममा प्रशिक्षको प्रशिक्षण शैली र तालिमको कोर्षको कारण धेरै उपलब्धीहरु सहभागीले हासिल गरेका थिए ।
मन र दिमागमा रहेका फोहोर मैला पखालेर ब्यक्तित्वलाई कसरि प्रभावकारी बनाउने सन्दर्भमा तालिम केन्द्रित रहेको कारण सहभागीहरु बेला बेलामा आँखाबाट आँशु बगाउँथे त कतिबेला हाँसिरहेका देखिन्थे ।
सोही दिन जेसीआई इण्डिया क्षेत्र ३ का अध्यक्ष नितिन कौशिकको उपस्थिीले सहभागीहरुको हौसला बढाएको थियो ।
तेस्रो दिन ::

 ९ बजे तेस्रो दिनको तालिम सुरु भयो । अन्तिम दिन करिण १ घण्टा तालिम सञ्चालन भए पछि समापन समारोह सुरु भएको थियो । दुवै शाखाका अध्यक्ष र पदाधिकारीहरु मञ्चमा रहनु भएको समापन समारोहमा प्रमुख अतिथिको रुपमा जेसीआई इण्डिया क्षेत्र ३ का अध्यक्ष नितिन कौशिक रहनु भएको थियो ।
समापन समारोमा प्रशिक्षक केशव जैन र प्रज्ञा मेहताले नेपाली भूमिमा भएको यो तालिम लाई अन्तराष्ट्रिय स्तरको बनाउनु आयोजकले कुनै कसुर बाँकी नराखेको भन्दै खुसि ब्यक्त गर्नु भयो ।
कार्यक्रममा जेसीआई गोरखपुर मिडटाउनका अध्यक्ष विनीत पौदारले बुटवल जेसीजको सहयोग र सद्भावको कारण तालिम सफल भएको बताउनु भयो । बुटवल जेसीज र जेसीआई गोरपुर विचको सम्बन्धमा नयाँ आयाम थप्न तालिम सफल भएको उहाँको भनाई छ ।


बुटवल जेसीजका अध्यक्ष यमप्रसाद तिवारीले आफ्नो कार्यकालमा अन्तराष्ट्रिय स्तरको तालिम गर्ने सपना पुरा भएको बताउनु भयो । उहाँले जेसीआई गोरखपुरका पुर्व अध्यक्ष, बर्तमान अध्यक्ष लगाएतलाई सहकार्यको हात अघि बढाएकोमा धन्यवाद प्रकट गर्नु भयो ।


उहाँले यो कार्यक्रम सञ्चालन गर्ने वातावरण बनाउन महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएको मा बुटवल जेसीजका पुर्व अध्यक्ष दिनेश श्रेष्ठलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएको जेसीआई इण्डिया क्षेत्र ३ का अध्यक्ष नितिन कौशिकले तालिम प्रभावकारी रुपमा सम्पन्न गर्न सफल भएको बधाई दिदैैं नेपाल र भारतका युवाहरुको विच सुमधुर सम्बन्ध स्थापित गर्न तालिम कोशेढुङगा भएको बताउनु भयो । कार्यममा बुटवल जेसीजका पुर्व अध्यक्ष तथा तथालीमा सहभागी जेसीआई सिनेटर राजु पौडेल ले आफना भनाई राख्दै जेसीआई गोरखपुर मिडटाउन र बुटवल जेसीज द्धारा अन्तराष्ट्रिय स्तरको तालिम आयोजना गर्न सफभएकामा दुबै शाखा अध्यक्ष लाई धन्यबाद दिदै आगामी दिनमा पनी यस्ता कार्यक्रमहरु संचालन गर्न सफहोस भन्ने शुभकामाना ब्याक्त गर्नु भएबको थयो । समापन कार्यक्रम मा संयोजकद्धय पुनित अग्रवाल र नरदेव न्यौपाने लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा दुवै शाखाको तर्फबाट प्रशिक्षक र प्रमुख अतिथिलाई मायाँको चिनो प्रदान गरिएको थियो भने एक आपसमा मायाँको चिनो पनि बाँडिएको थियो ।


नेपाली टोपी र सेल्फि ..
बुटवल जेसीजका अध्यक्ष यम प्रसाद तिवारीले प्रमुख प्रशिक्षक केशव जैनलाई नेपाल टोपी लगाई दिएर सम्मान प्रकट गर्नु भएको थियो । निकै खुसिको मुद्रामा देखिनु भएका जैनले लगत्तै सेल्फि खित्दाको दृष्यले सवैलाई लोभ्यायो । त्यस पछि मञ्चमा बसेका अतिथीहरुले पालैपालो फोटो सेसन गर्नु भएको थियो । नेपाली टोपी सवैले मन पराई दिदाँ बुटवल जेसीजका सदस्यहरु प्रफुल्ल देखिन्थे ।
अपेक्षित उपलब्धि
अन्तरनिहित क्षमताको पहिचान गर्ने र जीवनशैली ब्यवस्थित बनाउने ।

प्राप्त उपलब्धिहरु
अनजिप २०१८ सहभागि जेसीज सदस्यहरुको ब्यक्तित्वलाई आकर्षक र प्रभावकारी बनाउने सन्दर्भमा महत्वपुर्ण उपलब्धि हासिल गर्न सफल भएको छ । सहभागीहरुले जीवनको लक्ष्य नै नलिई अहिले सम्म हिडेको रैछु अव जीवनको लक्ष्य निर्धारण गर्छु यस्तो प्रक्रिया दिएका छन । यसबाट प्रष्ट हुन्छ यो तालिमले महत्वपुर्ण उपलब्धि हासिल गरेको छ । तालिमको प्रभाव यस्तो देखियो कि वर्षौ देखि धुमपान गर्दै आएका युवाहरु उक्त बानी त्याग्न तयार मात्र देखिएन तालिम अवधिबाटै सुरुवात गरे ।
एक सहभागीको प्रतिक्रिया म यहाँ उल्लेख गर्न चाहान्छु– मैले लामो समय देखि धुमपान गर्दै आएको छु यो तालिमले मलाई यसरी झस्काई दियो कि म धुमपान त्याग्न तयार भए । म आफैलाई अचम्म लागेको छ ।
अर्का सहभागिले यो तालिमबाट पारिवारिक सम्वन्ध सुमधुर बनाउन लाग्ने प्रतिवद्धता ब्यक्त गरे । कसैले मदिरा त्याग्ने, कसैले पेशा प्रति इमान्दार हुने प्रण गर्नु नै तालिमको उपलब्धि हो । यस्तै जेसीआई गोरखपुर मिड टाउनसंग रहेको भगिनी नगर सम्वन्धमा नयाँ आयाम थपिएको छ भने दुई शाखाका ब्यवशायिक युवाहरु विचको सम्वन्ध प्रगाढ बनेको छ ।

सिकाई
बुटवल जेसीजले पहिलो पटक अन्तराष्ट्रिस्तरको तालिम गरेको हुँदा अवस्य पनि केही कमि कमजोरी भए । उच्चस्तरको होटलमा कार्यक्रम भएको हुँदा तालिमको ब्यवस्थापन गर्न ठुलो चुनौती थियो । तालिमको लागि अन्तराष्ट्रि मापदण्ड पुरा गर्न हामी सफल भएका छौं । अब बुटवल जेसीजले गर्ने तालिमहरुमा ति मापदण्डहरु सकेसम्म अपनाउने सिकाई महत्वपुण सिकाईको रुपमा रहेको छ ।

मुल्याङकन
अनजिपको मुल्याङकनको आधार भनेको सहभागिहरुले दिएको प्रतिक्रिया नै हो । सहभागीहरुले ΄जीवनमा महत्वपुर्ण कुरा सिकेको , यो तालिममा सहभागी नभएको भए जीवन अध्याँरोमा रहिरहने रैछ΄, जस्ता प्रतिक्रिया दिनुले यो तालिमलाई साँच्चिकै अन्राष्ट्रिय स्तरको तालिमको रुपमा मुल्याङकन गर्न सकिन्छ ।
सुझाब तथा सिफारीस
बुटवल जेसीजका सदस्यहरुले यो तालिममा सहभागी भईसके पछि अबका तालिममा यस्तै तरिकाले सम्पन्न गर्नु पर्ने सुझाव प्राप्त भएका छन् । यहि वर्ष पोखरा जेसीजसंग स्थापित भएको भगीनि नगर सम्बन्धलाई आधार बनाएर उच्चकोटीको तालिम आयोजना गर्नु पर्ने कुराहरु सिफारीसको रुपमा आएका छन् ।


JCI News Archive