जेसीज गाउँका चेपाङ परिवारलाई नारायणगढ लेडी जेसीजद्धारा खाद्यान्न सहयोग

2023-11-03


चितवन  – जेसीज गाउँका चेपाङ परिवारलाई नारायणगढ लेडी जेसीजले खाद्यान्न वितरण गरेको छ । लेडी जिसीजले कालिका नगरपालिका-१० देउजरमा स्थापना गरेको जेसीज गाउँका ३५ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

नेपाल जेसीज वर्ष २०२१ का अध्यक्ष सिनेटर अरुणेश्वर खनाल प्रमुख अतिथ्यतामा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको नारायणगढ लेडी जेसीजकी अध्यक्ष सुस्मिता श्रेष्ठले जानकारी दिईन् ।

खनालले लेडी जेसीजले चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेर पूण्य गरेको बताए । कार्यक्रममा कालिका नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष नरजंग प्रजासहित कालिका जेसीजका निवर्तमान अध्यक्ष एवं जेसीज गाउँ एरिया बीका कोर्डिनेटर जेसी मेनुका थापा, नारायणगढ लेडी जेसीजकी पूर्वअध्यक्ष एवम् सल्लाहकार निरु कार्की, चितवन भेट्रान फुटवल क्लवका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।

JCI News Archive