जेसी आई दाङ लेडीको आयोजनामा २०८० भाद्र २३ गते शनिबार त्रिभुवननगर जेसिजकाे सचिवालयमा बर्ष २०२३ का अध्यक्ष जेसी नारायणी भण्डारी ज्यूको अध्यक्षता एवम् नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष विमला योगी ज्यूको को प्रमुख आतिथ्यमा तथा सम्पूर्ण पूर्ब अध्यक्ष हरु सम्पूर्ण शाखा पदाधिकारीहरु एवम् साधारण सदस्य हरुको सुख दुख साट्ने उद्देश्यको साथमा बर्ष २०२३ को तिज मिलन कार्यक्रम सम्पन्न गरियो। जेसीज आस्थापाठ उपाध्यक्ष जेसी आकृती शर्मा , स्वागत मन्तव्य सदस्य एवम् कार्यक्रम संयोजक जेसी रक्षा घर्ती , धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन्न अध्यक्ष जेसी नारायणी भण्डारीज्यूले गर्नुभएकाे थियाे । सहजिकरण महासचिव जेसी अर्चना शर्मा ले गर्नेुभएको थियो।