" स्वागत सम्मान कार्यक्रम " नवनिर्वाचित पदाधिकारीहरु लाई

2023-12-12

 मिति २०८० / ६ / २५ गतेका दिन दाङ महिला जेसिजको आयोजनामा शाखा अध्यक्ष जेसि नारायणी भण्डारी ज्यूको  अध्यक्षतामा दाङ जिल्ला उद्योगवाणिज्य संघका  नवनिर्वाचित अध्यक्ष बसन्त जोशी ज्युको प्रमुख आतिथ्यतामा दाङ जिल्ला उद्योगवाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सम्मान कार्यक्रम दाङ महिला जेसिज सचिवालयमा सम्पन्न गरियो।

सदस्यता वृद्धि सभापति जेसि रेमन्ता पुनले अस्थापाठ गर्नु भएको थियो भने, दाङ महिला जेसिजका निवर्तमान अध्यक्ष जेसि शारदा घर्ती ज्यूले स्वागत मनतव्य दिनुभएको थियो । प्रमुख अतिथी ज्युले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।

 प्रमुख अतिथी ज्युले दाङ महिला जेसिजले गरेका कार्यहरु उत्कृष्ट भएको भन्दै सम्मानित भएकोमा आफुमा थप जिम्मेवारी थपिएको बताउनुभयो।
कार्यक्रममा दाङ जिल्ला उद्योगवाणिज्य संघका सम्पूर्ण  पदाधिकारी ज्यु हरु लाई स्वागत सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो। धन्यवाद मनतव्य सहित कार्यक्रम समापन अध्यक्ष ज्यूले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव जेसी अर्चना शर्माले  गर्नुभएको थियो।

JCI News Archive