पाल्पा जेसीज प्रथम बोर्ड बैठक सम्पन्न

2024-01-10

पाल्पा  जेसीज वर्ष २०२४  को पहिलो बोर्ड बैठक  बुधबार  सम्पन्न भएको छ । शाखा अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा बसेको बैठकले विभिन्न एजेण्डा पास गरेको छ ।

बैठकले वार्षिक कार्यक्रमका लागि योजना तय गरेको छ । बैठकले  बिशेष गरि जेसिजले काम गर्ने चार क्षेत्रको  पदाधिकारीहरुलाई बिभाजन गरेको छ, जस अन्तर्गत ब्यक्तिगत र अन्तर्राष्ट्रिय क्षेत्र  कार्यकारिणी उपाध्यक्ष जेसि महेश खनाललाई , सामुदायिक र ब्यवसायिक क्षेत्र कार्यकारिणी उपाध्यक्ष जेसी गणेश पन्थीलाई,  उपाध्यक्ष तर्फ  ब्यक्तिगत क्षेत्र  जेसी बिक्रम सिंह ,  सामुदायिक क्षेत्र जेसी कला दाहाल, ब्यवसायिक क्षेत्र  जेसी मुकेश जिसि  र अन्तर्राष्ट्रिय  क्षेत्र जेसी सतिश राज  शाक्य   लाई क्षेत्र बिभाजन गरिएको छ। साथै जेसि सुवर्णमुनि शाक्यको संयोजकत्वमा ९ सदस्य  शाखा सल्लाहकार  समिति चयन गरेको छ ।  बैठकले बर्ष भरी नेपाल जेसीजको  र शाखाको प्रकरणमा केन्द्रित रहेर कार्यक्रम गर्ने गरि  कार्ययोजनामा समाबेश भाबी कार्यक्रमहरुको लागि  कार्यक्रम  संयोजकहरु  तय गरेको  महासचिब बिजय कार्कीले जानकारी दिनुभयो ।

सो बैठक मा रेशुङ्गा गुल्मी जेसिजका कार्यकारीणि उपाध्यक्ष पुण्य प्रसाद सुवेदी  लगायत पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो। जेसिज वर्ष २०२४  लाई  नेतृत्व र ब्याक्तित्व विकास गर्ने विभिन्न रचनात्मक कार्यक्रम गरि शाखालाई क्रियाशिल गराइराख्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

JCI News Archive