पाल्पा जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजनदेखि भावी कार्ययोजना कार्यान्वयनमा केन्द्रित

2024-01-10

https://www.shittalpati.com/detail/13365?fbclid=IwAR1sXg_sPyvr9Hgb4yRs9zVxMMl88vSXH4g5okdhXcMgCYNYxBuV4EcsHSA


पाल्पा, पाल्पा  जेसिज वर्ष २०२४  को पहिलो बोर्ड बैठक  बुधबार  तानसेनमा बसेको छ ।  अर्जुन कार्कीको नेतृत्वमा नयाँ समितिले  शनिबार पदभार ग्रहण गरेसँगै पहिलो  बैंठक बसेको हो ।  

कार्कीको अध्यक्षतामा बसेको बैठकले पदाधिकारीहरुको कार्यविभाजनदेखि भावी कार्ययोजनाहरु कार्यान्वयनका लागि विभिन्न कार्यक्रमका संयोजकहरु तोकेको छ ।  बैठकले  बिशेष गरी जेसीजले काम गर्ने ४  क्षेत्रको  पदाधिकारीहरुलाई  कार्य विभाजन गरेको हो । जसमा ब्यक्तिगत र अन्तर्राष्ट्रिय क्षेत्र  कार्यकारिणी उपाध्यक्ष जेसी महेश खनाल, सामुदायिक र ब्यवसायिक क्षेत्र कार्यकारिणी उपाध्यक्ष जेसी गणेश पन्थी,  उपाध्यक्षतर्फ  ब्यक्तिगत क्षेत्र  जेसी बिक्रम सिंह ,  सामुदायिक क्षेत्र जेसी कला दाहाल, ब्यवसायिक क्षेत्र  जेसी मुकेश जिसी  र अन्तर्राष्ट्रिय  क्षेत्र जेसी सतिश राज  शाक्यलाई जिम्मेवारी प्रदान गरिएको छ । 


यस्तै बैंठकले शाखाका पूर्ब अध्यक्ष जेसी सुवर्णमुनि शाक्यको संयोजकत्वमा ९ सदस्य  शाखा सल्लाहकार  समिति चयन गरेको छ । बैंठकले बर्ष भरी नेपाल जेसीजको  र शाखाको प्रकरणमा केन्द्रित रहेर कार्यक्रम गर्ने गरी  कार्ययोजनामा समावेश गरि भाबी कार्यक्रमहरुको लागि  कार्यक्रम  संयोजकहरु समेत तय गरेको  महासचिव बिजय कार्कीले जानकारी दिए ।


अध्यक्ष कार्कीले वर्ष २०२४ का लागि समिति चयन गर्न र शाखालाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिए । उनले जेसिज वर्ष २०२४  लाई  नेतृत्व र व्यक्तित्व विकास गर्ने विभिन्न रचनात्मक कार्यक्रम गरी शाखालाई क्रियाशिल गराइराख्ने प्रतिवद्धता समेत व्यक्त गरे । बैठकमा रेसुङ्गा गुल्मी जेसीजका कार्यकारीणी उपाध्यक्ष पुण्य प्रसाद सुवेदी सहित जेसीज पाल्पा शाखाका पूर्व अध्यक्षहरुको  समेत सहभागिता रहेको थियो । का का उपाध्यक्ष जेसी महेश खनालको स्वागत, का का उपाध्यक्ष जेसी गणेश पन्थीको धन्यवाद, महासचिव विजय कार्कीको सञ्चालनमा बैंठक भएको थियो  । 

JCI News Archive