नारायणगढ जेसीजको ४६ औँ पदहस्तान्तरण तथा पदस्थापन कार्यक्रम भव्य समारोहका विच सम्पन्न भई जेसी राजेन्द्र भट्टराई वर्ष २०२४ को अध्यक्षको रुपमा पदस्थापित हुनु भएको छ।बाग्मती प्रदेश स्वास्थय मन्त्री माननीय उतम जोशीज्यू प्रमुख आतिथ्यता एंव नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रविन पोख्ररेलज्यूको विशिष्ट आतिथ्यता एंव नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर अनुप सुनुवारज्यू, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालज्युको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व अध्यक्षज्युहरुको तर्फवाट बर्ष २००७ का शाखा अध्यक्ष आदरणिय सिनेटर सुदिप सिहं अधिकारी ज्यू,राष्ट्रिय पदाधिकारीज्युहरुको तर्फबाट निरुपित उपाध्यक्ष जेसी स्वप्ना पौडैल भण्डारी, चितवन उधोग संधका अध्यक्ष सुर्य प्रसाद न्यौपाने,वडा अध्यक्षज्यू लगायतका अतिथीज्यूहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो।
नारायणगढ जेसीज वर्ष २०२३का अध्यक्ष जेसी अमर घिमिरेज्यूले वर्ष २०२४ का अध्यक्ष जेसी राजेन्द्र भट्टराई एंव नयाँ संचालक समितीको सपथ ग्रहण,पदस्थापना तथा उहाँहरुको पद हस्तान्तरण भव्य र उत्सवमय वातावरणमा चार सय भन्दा धेरै व्यक्तित्वहरुको उपस्थितीका माझ गराउनु भएको थियो।