बुधबारे जेसिजको ११ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न पौष २१, २०८० (6th January 2024)

2024-01-16

बुधबारे जेसिजको ११ औं पद हस्तान्तरण कार्यक्रम २०८० साल पौष २१ गते (6th January 2024) शनिबारको दिन २०२३ को अध्यक्ष जेसि अर्जुन ढकालको अध्यक्षता तथा प्रुमख अतिथि कोशी प्रदेश झापा क्षेत्र नं २ '२' प्रदेश सभासद माननीय सांसद तिलचन पाठक,विशिष्ट अतिथि नेपाल जेसिज वर्ष २०२४ कार्यकारिणि उपाध्यक्ष क्षेत्र क निरुपित जेसि भिम बहादुर कुँवर, विशेष अतिथि नेपाल जेसिज वर्ष २०२४ बुधबारे जेसिज निरुपित उपाध्यक्ष जेसि बहादुर तामाङ, राष्ट्रिय उपाध्यक्ष जेसि घनश्याम चौधरी, जेसि योगेश राजवंशी, बुद्धशान्ति गाउँपालिकाका सबै वडाका वडाध्यक्ष तथा बुधबारे जेसिजका संस्थापक अध्यक्ष,बुद्धशान्ति वाणिज्य संघ अध्यक्ष,पूर्व अध्यक्ष ज्यूहरु लगायत स्थानीय जनप्रतिनिधि,संघ-संस्था,समाजसेवि,विभिन्न जे.सि.आई.शाखा अध्यक्ष/प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको थियो ।

जेसि कृष्ण ढकाल कार्यक्रम संयोजक रहेको कार्यक्रममा जेसिज आस्था पाठ जेसि बिनोद रिजालले गरेका थिए। बुधबारे जेसिज वर्ष २०२४ अध्यक्ष जेसि दुर्योधन सिंह राजपुतलाई गलामा जेसिज चेन तथा पिन लगाएर पद हस्तान्तरण गरिएको थियो । सिंहले आफ्नो बोर्डका पदाधिकारीहरुलाई मनोनित समेत गरी सपथ ग्रहण गराएका थिए ।


JCI News Archive