चारआली जेसिजको १० औं पदस्थापना सम्पन्न

2024-01-17

चारआली जेसीजको १० औँ पदहस्तान्तरण तथा पदस्थापन कार्यक्रम भव्य समारोहका विच सम्पन्न भई जेसी भोजराज पराजुलीले २०२४ को अध्यक्षको रुपमा पदस्थापित हुनु भएको छ। नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रविन पोख्ररेलज्यूको प्रमुख आतिथ्यता एंव नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिम कुवर ज्यू, नेपाल जेसीजका चारआली शाखा निरुपित राष्ट्रिय उपाध्यक्ष बहादुर तामांग , साथै मेचिनगर नगरपालिकाका वडा नम्बर ११ र वडा नम्बर १२ का वडा अध्यक्ष ज्युहरु क्रमश : रुद्र डागी , मधुसुदन निरौला को आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्पूर्णमा मायाको चिनो वितरण गरिएको थियो 

चारआली जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी संगीत शिवाकोटी ज्युले वर्ष २०२४ का अध्यक्ष जेसी भोजराज पराजुली एंव नयाँ संचालक समितीको सपथ ग्रहण,पदस्थापना तथा उहाँहरुको पद हस्तान्तरण भव्य र उत्सवमय वातावरणमा चार सय भन्दा धेरै व्यक्तित्वहरुको उपस्थितीका माझ गराउनु भएको थियो।


JCI News Archive