बुधबारे जेसिज र एरा एभरग्रीन अङ्ग्रेजी विद्यालयका विद्यार्थि विच अन्तरक्रिया कार्यक्रम

2024-01-17
  1. बुधबारे जेसिजः २०८०/१०/०३ गते बुधबार (17th january 2024), बुधबारे जेसिज द्वारा एरा एभरग्रीन अंग्रेजी विद्यालयको सहकार्यमा एरा एभरग्रिन अंग्रेजी विद्यालयका कक्षा-८ मा अध्ययनरत विध्यार्थीहरु विच अन्तरक्रीया कार्यक्रम बुधबारे साना शहरी खानेपानी संस्थाको सभाहलमा सम्पन्न गर्यो। कार्यक्रममा विद्यार्थिहरुले जेसिज के हो? यसको मुख्य उदेश्य के हो? समाजमा कस्तो गतिविधि संचालन गरिरहेको छ तथा जेसिज एक खर्चिलो संस्था हो भन्ने बुझाइ छ नि भनेर अन्तरक्रिया कार्यक्रममा प्रश्न गर्दै जिज्ञासा् राखेका थिये। जेसिज बारे जेसिजको उत्पत्ति/थालनी देखि लिएर समाजमा सकारात्मक प्रभाव छर्न तथा नेतृत्व उत्पादन गरेर समाजलाइ हस्तान्तरण गर्ने कार्य देखि लिएर जेसिज अभियानमा भए/गरेका गतिविधिहरुको जानकारी दिदै विद्यार्थिहरुले राखेका बिबिध प्रश्नको उत्तर दिएर वर्ष २०२४ का अध्यक्ष जेसि दुर्योधन सिंह राजपुतले कार्यक्रमको समापन गर्नु भएको थियो। महासचिव जेसि गजुहाङ योङ्हाङले संचालन गरेको कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापक , विद्यालय सन्चालक, विभिन्न संघसंस्थाका अध्यक्ष/प्रतिनिधि , बुधबारे जेसिजका पदाधिकारीहरु लगायत पुर्व अध्यक्ष जेसि नन्द कुमार याफु राइको उपस्तिथि रहेको थियो ।
JCI News Archive