मिति २०८० पाैष २९ र माघ १ गते तदअनुसार १४ र १५ जनवरी २०२४ मकर संक्रान्ती मेलाकाे पावन अवसरमा देवघाटधाम जेसीज को पहिलो कार्यक्रम पवित्र स्थल देवघाट धाममा तिर्थालु भक्तजनहरूलाई निशुल्क चिया वितरण गरेर कार्यक्रम सम्पन्न गरियो।????
सो कार्यक्रम देवघाटधाम जेसीज र लियाे क्लब अफ देवघाट चाैतारीकाे संयुक्त आयाेजनामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा देवघाट गाउँपालिका वडा नं ४ र वडा नं ५ काे सहकार्य तथा पाेख्रेली टेण्ट हाउस तथा क्याटरिङ्ग सर्भिस भरतपुर-२ अाँपटारीकाे टेण्ट साैजन्य प्राप्त भएकाे थियाे ।
कार्यक्रमलाई सफल बनाउन मेलामा उपस्थित भक्तजनहरू तथा स्थानिय महानुभावहरूकाे उल्लेख्य सहयाेग प्राप्त भएकाे थियाे ।
कार्यक्रममा संयोजक देवघाटधाम जेसीज कि उपाध्यक्ष तथा लियाे क्लब अफ देवघाट चाैतारी कि अध्यक्ष जेसी रक्षा कार्कीकाे संयाेजकत्वमा सम्पन्न भएकाे थियाे ।
कार्यक्रम सफल बनाउन सहयाेग गर्नुहुने सम्पुर्ण साथीहरू प्रति हार्दिक अाभार व्यक्त गर्दछु ।