नारायणगढ लेडि जेसिजले पदहस्तान्तरण एवम् पदस्थापन समारोह

2024-01-19


नारायणगढ, २१ पुस ।

युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकास गर्नको लागि १८ वर्षदेखि ४० वर्ष उमेर समूहका सक्रिय नागरिकहरुको गैर-लाभकारी स्वेच्छिक संस्था नारायणगढ लेडि जेसिजले पदहस्तान्तरण एवम् पदस्थापन समारोह गरिएको छ । नारायणगढमा भएको कार्यक्रममा वर्ष २०२३ की अध्यक्ष सुस्मिता श्रेष्ठले वर्ष २०२४  की अध्यक्ष हिमा श्रेष्ठलाई पदहस्तान्तरण गरेकी हुन् । जेसीजको नयाँ समिति अन्तर्गत निर्देशकमा रन्जु घिमिरे, वर्षा श्रेष्ठ, सुजना अधिकारी र स्वेता शाक्य त्यसैगरी उपाध्यक्षमा दीपा अधिकारी, गंगा कुँवर थापा, सीता बराली(सितास्मा) र सोनिसा श्रेष्ठ  छन् । त्यसैगरी कानुनी सल्लाहकारमा गौरी गुरुङ महासचिवमा एलिना श्रेष्ठ, कोषाध्यक्षमा शान्ति श्रेष्ठ ( सोनु) , कार्यकारिणी उपाध्यक्षमा सुमी सिंह र कोपिला गुरुङ रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज२०२४ का अध्यक्ष रविन पोख्रेलले निर्वाचित कार्यसमितिलाई बधाई दिँदै जेसीजको नीति र अभियानमा रहेर काम गर्न सुझाव दिए । पोख्रेलले नेपाल कम विकसित मुलुकबाट विकाशील मुलुकको रुपमा छिट्टै नै घोषणा हुने क्रममा रहेको जनाए ।उनले यसमा जेसिजले गरेको योगदान उल्लेखनीय भएको दाबी गरे । अध्यक्ष पोख्रेलले मुलुकको विकासका लागि युवा नेतृत्व र कुशल नेतृत्व आवश्यकता रहेकोमा जोड दिए । अवसरको खोजीमा युवा विदेश पलायन हुने क्रम बढेको र त्यसलाई रोक्न उद्मशीलताको विकास हुनुपर्ने उनको भनाइ छ । अग्रजहरुको ज्ञान, सीप र अनुभव एव तालिमको माध्यमबाट युवालाई सशक्तीकरण गर्नुपर्ने उनको सुझाव छ ।समारोहको प्रमुख निर्वाचन आयुक्तमा निरू कार्की, कार्यक्रम संयोजक एलिना श्रेष्ठ थिइन् भने कार्यक्रमलाई गौरी गुरुङले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा विशेष अतिथिको रूपमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार, भरतपुर १ का वडाध्यक्ष केशव महर्जन, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, लगायतले कार्यक्रममा बोलेका थिए ।

JCI News Archive