लेखनाथ जेसीज्को २१ औ वार्षिक उत्सव एवम् स्थायी सचिवालय शिलन्यास कार्यक्रम सम्पन्न

2019-04-29

लेखनाथ जेसीजको २१ औँ वार्षिक उत्सवकोे अवसरमा २०७५ फाल्गुण ५ गते आइतबारका दिन आफ्नो स्थायी सचिवालयको शिलन्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नंं.२९ स्थित देउरालीस्वाँरामा पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष श्री पुर्णकुमार गुरुङ्ग, वडा नं.२९ का वडा अध्यक्ष श्री चेत बहादुर गुरुङ्ग र वडा न.३० का वडा अध्यक्ष श्री श्रीराम पोखरेलले सामुहिक रुपमा सचिवालय भवनको शिलन्यास गर्नुभएको थियो । साथै यस कार्यक्रममा केक काटेर वार्षिक उत्सव कार्यक्रम मनाईएको थियो ।
लेखनाथ जेसीजका अध्यक्ष जेसी रोशन अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा तत्वदर्शन पुस्तकालय, वाचनालय संरक्षण समितिका का.अध्यक्ष श्री चिन्तामणी दाहाल र संस्थापक अध्यक्ष श्री बावुराम जमरकट्टेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । वडा नं.२७, २९ र ३० का वडा अध्यक्षहरुले विशिष्ट अतिथिको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजक जेसी प्रदिप आचार्यले स्वागत मन्तव्य, कार्यकारिणी उपाध्यक्ष जेसी नवराज पौडेलले जेसीज आस्थापाठ गर्नुभएको कार्यक्रमको संचालन महासचिव जेसी चिरञ्जिवी न्यौपानेले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष जेसी सालिकराम ओझाले राख्नुभएको थियो ।

JCI News Archive