राजविराज जेसीजको ४९औँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम भव्य समारोहका बिच सम्पन्न भई जेसी विप्लव आनन्द २०२४ को अध्यक्षको रुपमा पदस्थापित हुनुभएको छ। नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रविन पोखरेलको प्रमुख आतिथ्यता एंव नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर गोविन्द प्रसाद सिंह विशिष्ट आतिथ्यता, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी भिम कुँवर, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशीसाथै राजविराज जेसीजका पूर्व अध्यक्षहरू, नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवन देव, नागरिक समाज सप्तरीका अध्यक्ष थान सिंह भन्साली, सप्तरी रेडक्रसका अध्यक्ष जोगेन्द्र भगत लगायतको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष उज्ज्वल काबराले सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो वितरण गरेका थिए ।
राजविराज जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी उज्ज्वल काबराले राजविराज जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी विप्लव आनन्दलाई अध्यक्षको माला (चेन) लगाएका थिए । नयाँ चयनित अध्यक्षले राजविराज जेसीज २०२४ को निर्वाचित कार्यसमिति सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए । शाखाको पदस्थापना तथा पद हस्तान्तरण भव्य र उत्सवमय वातावरणमा विशिष्ट व्यक्तित्वहरूको उपस्थितिका माझ गराउनु भएको थियो ।
राजविराज जेसीज वर्ष २०२४ को कार्यसमिति
(१) विप्लव आनन्द - अध्यक्ष
(२) उज्ज्वल काबरा - निवर्तमान अध्यक्ष
(३) रवि राय - कार्यकारिणी उपाध्यक्ष
(४) संजोग देव - कार्यकारिणी उपाध्यक्ष
(५) विक्रम काबरा - कानुनी सल्लाहलार
(६) पंकज देव - महासचिव
(७) सुनित कुमार मुन्ना - कोषाध्यक्ष
(८) रामजी यादव - उपाध्यक्ष
(९) मो. जालाम खान - उपाध्यक्ष
(१०) प्रेश कुमार यादव - उपाध्यक्ष
(११) सौरभ सिंह - उपाध्यक्ष
(१२) किरण कुमार साह - अग्रणी निर्देशक
(१३) रन्जना चौधरी - सामुदायिक संयोजक
(१४) रिया रोय संचेती - प्रशिक्षण विकास संयोजक
(१५) नवीन प्रसाद चौधरी - व्यवसायिक निर्देशक