नारायणगढ जेसीजको आयोजनामा "नेपाली अर्थतन्त्रको बर्तमान अवस्थामा युवा उद्यमीको नेतृत्व र भुमिका"बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न।

2024-01-28

नारायणगढ जेसीजको आयोजनामा "नेपाली अर्थतन्त्रको बर्तमान अवस्थामा युवा उद्यमीको नेतृत्व र भुमिका"बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न।


नारायणगढ जेसीजको आयोजनामा "नेपाली अर्थतन्त्रको बर्तमान अवस्थामा युवा उद्यमिको नेतृत्व र भुमिका"बिषयमा अन्तरक्रियात्मक कार्यक्रम मिति २०८० माघ ०६ गते शनिबार नारायणगढ जेसीजको सचिवालयमा सम्पन्न भएको छ।

 

बरिष्ठ अर्थशास्त्री प्रतिनिधि सभा सदस्य माननीय डा. स्वर्णिम वाग्लेज्यू प्रमुख वक्ता रहनु भएको उक्त अन्तरक्रिया कार्यक्रममा उधोग संघका उपाध्यक्ष एवं नारायणगढ जेसीजका पुर्व सदस्य मदन घिमिरेज्यू, नारायणगढ जेसीजका पुर्व अध्यक्ष एवं उधोग वाणिज्य संघ चितवनका सदस्य सिनेटर विष्णु लम्सालज्यू वक्ताका रुपमा तथा नारायणगढ जेसीजका पुर्व अध्यक्ष चेम्बर अफ कमर्सका सचिव जेसी अर्जुन अधिकारीज्यू कार्यक्रम प्रस्तोताको रुपमा प्रतिनिधित्व गर्नुभएको थियो।


कार्यक्रममा नेपाली अर्थतन्त्रको बर्तमान अवस्थामा युवा उद्यमि एवं व्यावसायी हरुको भुमिका विषयमा केन्द्रित रहेर माननीयज्यूले महत्वपूर्ण प्रस्तुतिकरण दिनुभएको थियो साथै हलमा उपस्थित युवा उद्यमीहरुको विभिन्न जिज्ञासाहरुलाई गहन भनाईका साथ मेटाउनु भएको थियो। 


कार्यक्रममा  नारायणगढ जेसीजका पुर्व अध्यक्षज्यूहरुको प्रेरणादायी उपस्थिति रहनुका साथै शाखाका पदाधिकारी, सदस्यहरु, छिमेकी शाखाबाट अध्यक्ष एवं पदाधिकारी ज्यूहरु, विभिन्न संघ संस्थाहरुबाट अध्यक्ष एवं प्रतिनिधि ज्यूहरु, युवा उद्यमी एवं व्यावसायिहरुको उत्साहजनक सहभागिता रहेको थियो।


नारायणगढ जेसीजका शाखा अध्यक्ष जेसी राजेन्द्र भट्टराईज्यूको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संयोजन कार्यकारिणी उपाध्यक्ष जेसी रामबाबु पुडासैनीज्यूले गर्नुभएको थियो।


साथै नारायणगढ जेसीज वर्ष २०२४ को प्रकरण 'नेतृत्व र उद्यमशिलताको लागि युवा एकता' मा रही जेसीजको ४ अवसरका क्षेत्र मध्य व्यावसायिक अवसरका क्षेत्रमा रहि युवा उद्यमीहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सह-सचिव जेसी प्रदिप पौडेलज्यूको संयोजकत्वमा अगाडी बढाईएको व्यावसायिक साझेदारी कार्यक्रम अन्तर्गत सोही अवसरमा नारायणगढ जेसीज र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रमुख यज्ञ बिलास पौडेलज्यू बिच अति विशिष्ट साझेदारी सम्झैता सम्पन्न गरियो।

जय जेसीज!!

JCI News Archive