बुधबारे जेसीजले आफ्ना सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासका निम्ती भाषण कलाको विकासका लागि Effective Public Speaking तालिम संचालन गरेको छ ।
तालिममा बुधबारे जेसीज वर्ष २०२४ का बोडका पदाधिकारी, पूर्व अध्यक्षहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण गछिया जेसीज वर्ष २०२३ का अध्यक्ष (NLP Trainer, Life Coach) जेसी प्रदिप विष्टले सहजीकरण गर्नु भएको थियो।बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्षहरु जेसी नन्द कुमार याफू राई र सिनेटर मुकेश भट्टराईको विषेश अतिथ्यता रहेको थियो ।
बुधबारे जेसीज २०२४ का महासचिव जेसी गजुहाङ योङहाङ तथा उपाध्यक्ष जेसी सुरज दंगालले संचालन गरेको कार्यक्रमा कार्यक्रम संयोजक जेसी अनिल घिमिरेले स्वागत मन्तब्य ब्यक्त गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने जेसीज आस्था पाठ कार्यकारी उपाध्यक्ष जेसी कुशल अधिकारीले गरेका थिए ।
बुधबारे जेसीजले वर्ष २०२४ मा जेसीज सदस्य तथा स्थानीय युवाहरुको क्षमता अभिवृद्धि गर्दै स्वदेशमा नै व्यवसाय संचालन गरिरहेका युवाहरुलाई प्रोत्साहन तथा व्यवसाय प्रर्वधनको कार्य अघि सार्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव)ले कार्यक्रमको समापन गरेका थिए ।