राजविराज जेसीजले मिति २०८० साल माघ ९ गते तदनुसार सन् २०२४ जनवरी २३ तारिकका दिन बिहान ११:०० बजे राजविराज जेसीज भवनको तालिम हलमा "सामुदायिक संलग्नता तथा मानव केन्द्रित ढाँचा मार्फत सामाजिक व्यवहार परिवर्तन सम्बन्धी जनचेतनामूलक कार्यक्रम" सम्पन्न गरेको छ । कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनको भूमिका राजविराज जेसीज वर्ष २०२४ का सामुदायिक संयोजक जेसी रंजना चौधरी तथा प्रशिक्षण विकास संयोजक जेसी रिया रोय संचेतीले गरेकी थिइन् । उक्त कार्यक्रममा राजविराज नगरपालिकाका वडा नं. ९ र वडा नं. १६ का वडा अध्यक्ष, वडा सदस्यहरू, वडा सचिवलगायत विभिन्न कर्मचारी र सामाजिक अभियन्ताहरू गरी लगभग ३० जना सहभागीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सामाजिक व्यवहार परिवर्तनको मुख्य परिणामहरू, सामाजिक रुपान्तरण र व्यावहारिक परिवर्तन, सामाजिक परिणाम जस्ता सवालहरूमा छलफल गरिएको थियो । कार्यक्रम समापन हुनुभन्दा पूर्व सहभागीहरूलाई जेसीजको बारेमा जानकारी दिनुका साथै यसले युवाहरूमा व्यक्तित्व र नेतृत्व विकास क्षमता अभिवृद्धि गर्न ४९ वर्षदेखि राजविराजमा आफ्नो कार्य गर्दै आएको जानकारी गराइएको थियो ।