शहिद दिवसका अवसरमा इटहरी लेडि जेसिजले विद्यार्थीसगँ शहिदको सपना र हाम्रो वर्तमान विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।
कस्तुरी कलेजको सभाहलमा गरिएको कार्यक्रममा वत्ताहरु सार्क युवा कबि मनु मञ्जिल, लेखक बिस्लेशक मोहन तिमसिना र प्राध्यापक डा. तारा काफ्लेले रहनु भएको थियो , उहाहरुले कसरी हामीले युवा पुस्ताहरुलाइ देश र प्रदेशको भावना अभिवृद्धि Brain Drain रोक्न सक्छौ , साथै बिश्वमा नेपालीलाइ विर भनेर चिनिएको अहिले किन आफ्नो सामु सिमाना मिचिदा पनि बोल्न सक्दैनन् र कसरी बहुसंख्यक नेपालीहरुको हित हुन नसक्ला र शहिदहरुको सपनाले कसरी सार्थकता पाउला भन्ने विषयमा वत्ताहरुले प्रस्ट पारेका थिए भने कार्यक्रामको सहजीकरण नेपाल जेसिज पुर्ब रास्ट्रिय का का उपाध्यक्ष जेसि भेषजा काफ्लेले गरेकि थिइन ।
।
इटहरी लेडि जेसिजकि अध्यक्ष इन्दिरा काफ्लको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका पुर्व अध्यक्ष राजु के सी, कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेल इटहरी लेडि जेसिजकि पुर्व अध्यक्ष उर्मिला कट्वालको विद्यार्थी लगायतको सहभागिता रहेको तथा आतिथ्यता रहेको थियो ।