मिति २०८०-०९-१६ गते तद अनुशार १ जनवरी २०२४ का दिन पोखरा लेडी जेसिज र पोखरा जेसिजको संयुक्त पदस्थापना कार्यक्रम सुसम्पन्न भएको छ । नेपाल जेसिज २०२४ का अध्यक्ष जेसिआई सिनेटर रबिन पोखरेल ज्युको प्रमुख आतिथ्यतामा लेकसाईड स्थित क्रिस्टल महलमा सम्पन भएको कार्यक्रम पोखरा लेडी जेसीज बर्ष २०२३ का अध्यक्ष जेसिआई सिनेटर लक्ष्मी कुँवर ज्यूले बर्ष २०२४ का अध्यक्ष जेसि गायत्री फुयाँल ज्यूलाइ र पोखरा जेसिज बर्ष २०२३ का अध्यक्ष जेसि गणेश गिरी ज्यूले बर्ष २०२४ का अध्यक्ष जेसि देवराज शर्मा ज्यूलाइ पदभार हस्तान्तरण गर्नुभएको थियो।पोखरा लेडि जेसिज दुबैतर्फका आदरणिय पुर्बअध्यक्ष ज्युहरुको भब्य उपस्थितीको बिचमा प्रमुख आमन्त्रित ब्यक्तित्व बर्ष २०२४का राष्टीय अध्यक्ष जेसिआई सिनेटर रबिन पोखरेल पोखरेल ज्युबाट पानसमा दिप प्रज्वलन गरी शुभारम्ब गरीएको थियो । उक्त कार्यक्रममा कार्यक्रम संयोजक जेसि ईसा आलेज्युले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रममा थप उल्लास को लागि क्रिस्टल मन्टेश्वरी का साना साना नानिहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा बर्ष २०२३ का सम्पुर्ण गतिबिधि समेटीएको संगालो २०२३ (स्मारीका) को विमोचन नेपाल जेसिज बर्ष २०२४ का राष्टीय अध्यक्ष जेसिआई सिनेटर जेसि रबिन पोखरेलद्वारा गरीएको थियो साथै पोखरा लेडी जेसिजका बर्ष २०२४ का सदस्यज्युहरुको सदस्यसुल्कको बैड्क भौचर पोखरा लेडी जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि गायत्री फुयाल ज्युबाट बिषेश अतिथिमा क्षेत्र ख निरुपित राष्टिय कार्यकारीणि उपाध्यक्ष जेसि आई सिनेटर अनुप सुनुवार ज्यूलाइ हस्तान्तरण गर्नुभयो र पोखरा लेडी जेसिज को लागि निरुपित राष्टिय उपाध्यक्ष जेसि अमर घिमिरे साथै नेपाल जेसिज का
राष्टिय उपाध्यक्ष जेसि सौरभ श्रेष्ठ ज्युको गरीमामय उपस्थिति रहेको थियो। कार्यक्रममा बिभिन्न शाखाबाट शाखा अध्यक्ष तथा पदाधिकारीहरु पोखरा क्षेत्रभित्रका बिभिन्न संधसंस्थाबाट अध्यक्ष तथा प्रतिनिधि उध्योगिहरु ब्यबसायिहरु पत्रकार ज्युहरु को भब्य उपस्थिति रहेको थियो । यसैबिचमा कार्यक्रममा बिभिन्न शाखाको प्रतिविधित्व गर्दै जेसिआई म्याग्दी बर्ष २०२३ का अध्यक्ष जेसि सुमन बानिया ज्युले शुभकामना मन्तब्य राख्नुभएको थियो । बिभिन्न संघ संस्थाको तर्फबाट पत्रकार महायंघ कास्किका अध्यक्ष बिमला भव्डारी, पर्यटन परीषद पोखराबाट पोमनारायण श्रेष्ठ, गन्डकि अन्चल चेम्बर अफ कमर्सका अध्यक्ष श्री किसान सुनुवार लगायत ले कार्यक्रमको भब्य सफलताको शुभकामना सहित मन्तब्य राख्नुभएको थियो । पोखरालेडि जेसिजका पुर्ब अध्यक्ष (बर्ष२००५) तथा नेपाल जेसिज का पुर्ब कार्यकारीणि उपाध्यक्ष (बर्ष २०१४) का आदरणिय ब्यक्तित्व श्रि संगिता पौड्यालले पनि शुभकामना मन्तब्य सहित संस्थाप्रतिको माया र सद्भाव सहित पोखरा लेडि जेसिजको खुलेर प्रसंसा गर्नुभएको थियो । भने पोखरा जेसिजका पुर्ब अध्यक्ष (२००१)सिनेटर ईश्वर कर्माचार्य र पोखरा जेसिजबाटै पुर्ब अध्यक्ष (बर्ष २०११)तथा पुर्ब राष्टिय अध्यक्ष(बर्ष २०१६ )रबिन्द्र गुरुड. ज्युले शुभकामना मन्तब्य राख्नुभएको थियो। भने बिशिस्ट अतिथिको तर्फबाट क्षेत्र ख निरुपित राष्टिय उपाध्यक्ष सिनेटर अनुप सुनुवार र पोखरा जेसिज पोखरा लेडि जेसिज का लागि निरुपित राष्टिय उपाध्यक्ष जेसि अमर घिमिरे ज्युले पनि कार्यक्रमको भब्य सफलता सहित बर्ष २०२४का लागि पदस्थापित सम्पुर्णलाई बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो । तत् पस्चात भने बर्ष २०२३ का निर्बाचन आयुक्त तथा पोखरा लेडि जेसिज का पुर्ब अध्यक्ष(बर्ष २०२१)श्री कमला शर्मा कडेंल ज्यूबाट सपथ ग्रहणको कार्यक्रम अगाडि बढाउनु भएको थियो र पोखरा लेडी बर्ष २०२३ का अध्यक्ष जेसि लक्ष्मि कुवंर (लता) ज्युले बर्ष २०२४ का अध्यक्ष जेसि गायत्रि फुयाल ज्युलाई सफथ ग्रहण गराउदै जेसिज चेन,पिन र सम्पुर्ण पदभार सुम्पनुभएको थियो । तत्पस्चात अध्यक्ष जेसि गायत्री फुयाल ज्युले आफ्ना सम्पुर्ण बोड पदाधिकारीलाई पनि सफथ ग्रहण गराउदै आ-आफ्नो पदभारको जिम्मा लगाउनुभएको थियो। कार्यक्रममा पोखरा लेडि जेसिज बर्ष २०२३ कि अध्यक्ष जेसि लक्ष्मि कवंर ले बर्ष भरी आफ्नो सन्चालक समितिमा रहेर काम गरी सहयोग गरेका सम्पुर्ण बोर्ड पदाधिकारीलाई र पुर्बअध्यक्ष ज्युहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने बोर्ड पदाधिकारीहरुले पनि अध्यक्ष ज्युलाई मायाको चिनोले सम्मान गर्नुभएको थियो । कार्यक्रममा नेपाल जेसिज बर्ष २०२४ का राष्टिय अध्यक्ष सिनेटर रबिन पोखरेलले प्रमुख अतिथिय मव्तब्य राख्दै पोखरा जेसिज र पोखरा लेडि जेसिज मा एउटा छुट्टै सुनौलो ईतिहास रहेको पोखरा लेडि जेसिज यस बर्ष अझै सफल रहनेछन् भन्ने आशा र बिस्वास ब्यक्त गर्नुभयो । र अन्तमा पोखरा जेसिज बर्ष २०२४का नबपदस्थापित अध्यक्ष जेसि देबराज शर्मा ज्युले धन्यबाद ज्ञापन गर्नुभयो भने पोखरा जेसिज को तर्फबाट संयोजक रहनुभएको जेसि राजेन्द्र रानाभाट ले धन्यवाद ज्ञापन गर्नुभयो। पोखरा जेसिज र पोखरा लेडि जेसिजको सयंक्त पदस्थापन पोखरा जेसिजका सचिब जेसि तिलक पौडेल ज्यु र पोखरा लेडि जेसिजका कार्यकारीणि उपाध्यक्ष जेसि सुनिता गौतम भन्डारी ले समंयुक्तरुपमा कार्यक्रम संचालन गर्नुभएको थियो ।