राजविराज जेसीजको आयोजना तथा ट्राफिक प्रहरी कार्यालय राजविराजको सहकार्यतामा "ट्राफिक जनचेतनामूलक कार्यक्रम" सम्पन्न भएको छ । राजविराज ट्राफिक प्रहरी कार्यालय अगाडी आवतजावत गरिरहेका सवारी साधनहरूलाई रोकी ट्राफिक सम्बन्धी जनचेतनामूलक सन्देश सहितको पम्प्लेट वितरण गरिएको थियो भने सवारी साधनहरूमा सन्देशमूलक स्टिकर टास्ने कार्य गरिएको थियो ।
राजविराज जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी विप्लव आनन्दको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२४ का निवर्तमान अध्यक्ष जेसी उज्ज्वल काबरा, कोषाध्यक्ष जेसी सुनित मुन्ना, र उपाध्यक्ष जेसी सौरभ सिंहको उपस्थिति रहेको थियो । यस वाहेक ट्राफिक प्रहरी कार्यालय, राजविराजका प्रहरी तथा राजविराज नगरपालिकाका सरसफाई इन्चार्ज राम कुमार यादव र फायरम्यान श्याम कुमार पण्डितले समेत कार्यक्रममा सहभागिता जनाएका थिए ।