JCI JANAKI 2ND INSTALLATION & INDUCTION CEREMONY 2024.01.14

2024-02-01




जानकी जेसीजको दोस्रो पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम

कार्यक्रमको नामः- जानकी जेसीजको दोस्रो पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम

आयोजकः- जानकी जेसीज वर्ष 2024


स्थानः- जानकी गाउँपालिका वडा नं. १ स्थित स्मार्ट क्याफे


मितिः- 2080 पौष 29 तदनुसार 2024 जनवरी १४


सभा-अध्यक्षः- जानकी जेसीज वर्ष-२023 का अध्यक्ष जेसी भरत बहादुर थापाज्यू


प्रमुख अतिथीः- कैलाली क्षेत्र नं. २ का संघीय प्रतिनिधि सभा सदस्य माननीय अरूण चौधरीज्यू


विशिष्ट अतिथीः- नेपाल जेसीज वर्ष-2012 का राष्ट्रिय अध्यक्ष तथा नेपाल जेसीज वर्ष-2024 का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रविन पोखरेलज्यूका प्रमुख सल्लाहकार जेसिआई सिनेटर तेजशंकर भट्टज्यू, नेपाल जेसीज वर्ष-2024 का राष्ट्रिय उपाध्यक्ष तथा जानकी जेसीजका लागि निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेलज्यू, जानकी गाउँपालिका अध्यक्ष श्री गणेश चौधरी, जानकी गाउँपालिका उपाध्यक्ष श्री लालमति देवी कठरियाज्यू ।


अतिथीः- जानकी जेसीजका संस्थापक अध्यक्ष जेसी भक्त राज देवकोटाज्यू, जानकी गाउँपालिका नि-वर्तमान अध्यक्ष श्री प्रदिप कुमार चौधरी, जानकी गाउँपालिका नि-वर्तमान उपाध्यक्ष श्री उमा महतोंज्यू, मातृ शाखा अध्यक्ष जेसी हेमा पौडेलज्यू, प्रमुख निर्वाचन आयुक्त लम्की जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी नेत्र प्रसाद जैसीज्यू, छिमेकी शाखा अध्यक्षज्यू तथा पदाधिकारीज्यूहरू, सामुदायिक विद्यालयका प्र.अ.ज्यूहरू, सामुदायिक संघ-संस्था अध्यक्ष तथा प्रतिनिधीज्यूहरू लगायत सम्पुर्ण जानकी जेसीजका पदाधिकारीज्यूहरू............।


सहभागीः- करिब ११० जना


अवसरको क्षेत्रः- व्यक्तिगत तथा सामुदायिक

 

उद्देश्यः- जेसी भरत बहादुर थापाज्यू जानकी जेसीज वर्ष २०२३ को अध्यक्षबाट जेसी सन्तोष कुमार कठरियाज्यू जानकी जेसीज वर्ष २०२४ को अध्यक्षलाई पद हस्तान्तरण गर्ने, समथ ग्रहण गराउने, पदस्थापन गर्ने ।


प्रतिफलः- जानकी जेसीज वर्ष-2024 लाई पदीय जिम्मेवारी हस्तान्तरण भई जिम्मेवारीबोध भएको, समुदायमा जेसीजको बारेमा जानकारी प्रसारित भएको ।


लगानीः- समय , बजेट, ज्ञान लगायत अन्य स्रोत साधनहरू


विवेचनाः- 2080 पौष 29 तदनुसार 2024 जनवरी १४ का दिन जानकी जेसीजको दोस्रो पद हस्तान्तरण तथा  पदस्थापन कार्यक्रम जानकी गाउँपालिका वडा नं. १ स्थित स्मार्ट क्याफेको सभाहलमा एक भव्य समारोहका बिच सम्पन्न भई जेसी सन्तोष कुमार कठरिया २०२४ को अध्यक्षको रुपमा पदस्थापित हुनु भएको छ।

 

कैलाली क्षेत्र नं. २ का संघीय प्रतिनिधि सभा सदस्य माननीय अरूण चौधरीज्यूको प्रमुख आतिथ्यता, नेपाल जेसीज वर्ष-2012 का राष्ट्रिय अध्यक्ष तथा नेपाल जेसीज वर्ष-2024 का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रविन पोखरेलज्यूका प्रमुख सल्लाहकार जेसिआई सिनेटर तेजशंकर भट्टज्यू, नेपाल जेसीज वर्ष-2024 का राष्ट्रिय उपाध्यक्ष तथा जानकी जेसीजका लागि निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेलज्यू, जानकी गाउँपालिका अध्यक्ष श्री गणेश चौधरी, जानकी गाउँपालिका उपाध्यक्ष श्री लालमति देवी कठरियाज्यूहरूको विशिष्ट आतिथ्यता, जानकी जेसीजका संस्थापक अध्यक्ष जेसी भक्त राज देवकोटाज्यू, जानकी गाउँपालिका नि-वर्तमान अध्यक्ष श्री प्रदिप कुमार चौधरी, जानकी गाउँपालिका नि-वर्तमान उपाध्यक्ष श्री उमा महतोंज्यू, मातृ शाखा अध्यक्ष जेसी हेमा पौडेलज्यू, प्रमुख निर्वाचन आयुक्त लम्की जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी नेत्र प्रसाद जैसीज्यू, छिमेकी शाखा अध्यक्षज्यू तथा पदाधिकारीज्यूहरू, सामुदायिक विद्यालयका प्र.अ.ज्यूहरू, सामुदायिक संघ-संस्था अध्यक्ष तथा प्रतिनिधीज्यूहरू लगायतको आतिथ्यतामा भएको कार्यक्रममा जानकी जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी भरत बहादुर थापाज्यूले अतिथि लगायत सम्पूर्ण सहभागीहरूलाई मायाको चिनो वितरण गर्नु भएको थियो ।

 

प्रमुख निर्वाचन आयुक्त लम्की जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी नेत्र प्रसाद जैसीले जानकी जेसीज वर्ष 2024 को कार्यसमितिका लागि निर्वाचित अध्यक्ष जेसी सन्तोष कुमार कठरियाज्यू, कार्यकारिणी उपाध्यक्ष जेसी भिम बहादुर थारूज्यू, कार्यकारिणी उपाध्यक्ष जेसी कमल महतोंज्यू, उपाध्यक्ष जेसी निराजन शाहज्यू, उपाध्यक्ष जेसी सागर परियारज्यू, उपाध्यक्ष जेसी सुरेस कुमार कठरिया, उपाध्यक्ष जेसी करिश्मा कठरियाज्यूलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गर्नु भएको थियो ।


जानकी जेसीज वर्ष 202४ का लागि निर्वाचित अध्यक्ष जेसी सन्तोष कुमार कठरियाज्यूले जानकी जेसीज 2024 को बोर्डमा कानुनी सल्लाहकारमा जेसी गंगाराम चौधरीज्यू, महासचिवमा जेसी अनिल चौधरीज्यू, कोषाध्यक्षमा जेसी धनन्जय जैशीलाई मनोनयन गर्नु भएको थियो ।

ततपश्चात कार्यक्रममा एक समारोह बिच जानकी जेसीज वर्ष 2023 का अध्यक्ष जेसी भरत बहादुर थापाज्यूले जानकी जेसीज वर्ष 2024 का अध्यक्षका लागि निर्वाचित जेसी सन्तोष कुमार कठरियाज्यूलाई सपथ गराएका थिए भने निर्वाचित अध्यक्ष कठरियालाले आफ्नो बोर्ड तथा मनोनित पदाधिकारीलाई सपथ गराएका थिए । 

सोही पद हस्तान्तरण तथा पदस्थापन समारोहमा जानकी जेसीजका संस्थापक अध्यक्ष जेसी भक्तराज देवकोटाज्यू, मातृ शाखा लम्की लेडी जेसीजका अध्यक्ष जेसी हेमा पौडेलज्यू लगायतका छिमेकी शाखाका अध्यक्षज्यूहरूले जानकी जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी भरत बहादुर थापाज्यूको गलाको माला जानकी जेसीज वर्ष 2024 का अध्यक्ष जेसी सन्तोष कुमार कठरियाको गलामा पहिर्‍याई दिनु भएको थियो ।  

JCI News Archive