“युवा विकासका लागि सकारात्मक सोच "POSITIVE THINKING FOR YOUTH DEVLOPMENT" Theme Seminar- 2024 JCI Parbat राष्ट्र निर्माणका अभियन्ता एवं परिवर्तनका सम्वाहक युवाहरुमा निहीत जोश जाँगरलाई विधिको शासन, आर्थिक न्याय, विश्व बन्धुत्व र मानवताको सेवामा समाहित गराउँदै तालिम र अभ्यासको माध्यमबाट युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले सन् १९९६ मा स्थापित पर्वत जेसीज २०२४ का अध्यक्ष जेसी मिलन पौडेल र उहाको टिमले “युवा विकासका लागि सकारात्मक सोच "POSITIVE THINKING FOR YOUTH DEVLOPMENT" भन्ने मूल नारालाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै अएको छ । त्यसै अन्र्तगत यहि मिति २०८० माघ १८ गते पर्वत जिल्लाको कुश्मामा कक्षा ९, १०, ११, १२ तथा डिप्लोमा तहका बिद्यार्थीहरुका लागी “युवा विकासका लागि सकारात्मक सोच सम्बन्धी विषयमा रहेर Theme सेमिनारको आयोजना गरीएको थियो ।
उक्त कार्यक्रममा Keynote Speaker को रुपमा पर्वत जेसीजका पुर्व सदस्य, सोच समुह नेपालका संयोजक, नेपाल जेसीज वर्ष २०११ का राजेन्द्र ओराटर का राष्ट्रिय बिजेता अन्तिम गुरुङले "POSITIVE THINKING FOR YOUTH DEVLOPMENT" विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका सदस्य, पर्वत क्षेत्र नं. १ का सांसद माननिय भत्त कुवर, (प्रमुख अतिथिले युवाहरुमा जवसम्म सकारात्मक सोचआउदैन तबसम्म त्यो युवाको विकाश हुदैन भन्ने भनाई राख्नुभएको थियो । )
विशिष्ठ अतिथि नेपालि कंग्रेस पर्वत का उप सभापति, पर्वत जेसीजका मानार्थ सदस्य डा. चुडामणी शर्मा, अतिथिमा नारायण मा.वि. का प्र.अ. प्रकाश रिजाल, पर्वत जेसीज अध्यक्षिय क्लव का अध्यक्ष जेसी बिनोद कुमार श्रेष्ठ, पर्वत जेसीजका सम्पुर्ण पुर्व अध्यक्षहरु,कुश्मा स्थीत रहेका प्राइभेट बोर्डीङ स्कुलहरु एवम् सामुदायिक क्याम्पस, बिद्यालय क्रमश श्री नारायण मा. वि., शिवालय, मा. वि., गुप्तेश्वर तथा शिवालय बहुमुखी क्याम्पस प्रमुख तथा प्र.अ. शिक्षक शिक्षिका एवम् बिभिन्न बिद्यालयबाट गरी करिव ५०० भन्दा बढि सहभागि बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक पर्वत जेसीजका निर्देशक जेसी शान्तिी कुमाल श्रेष्ठले स्वागत राख्नुभएको कार्यक्रमममा जेसीज आस्था पाठ निर्देशक जेसी प्रवेशराज पुरीले गर्नुभएको थियो । शुभकामना मन्तव्य सम्पुर्ण बिद्यालयको तर्फबाट नारायण मा.वि. का प्र.अ. प्रकाश रिजाल, पर्वत जेसीज अध्यक्षिय क्लव का अध्यक्ष जेसी बिनोद कुमार श्रेष्ठले राख्नुभएको थियो ।
अध्यक्षता पर्वत जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी मिलन पौडेलले गर्नुभएको कार्यक्रममा महासचिव जेसी अमुत प्रसाद पोख्रेलले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
जेसी मिलन पौडेल
अध्यक्ष – २०२४, पर्वत जेसीज
जय जेसीज !!!