म्याग्दी जेसीजले शाखा पदाधिकारी तालिम सम्पन्न गरेकाे छ । पदाधिकारीहरूलार्इ अाफनाे काम, कर्तब्य र अधिकारबारे जानकारी दिन उक्त प्रशिक्षण कार्यक्रम अायाेजना गरिएकाे थियाे । शाखा अध्यक्ष जेसी. दिनेश बानियाँकाे अध्यक्षता र महासचिव जेसी सज्जन श्रेष्ठकाे संचालनमा सम्पन्न तालिमकाे प्रमुख प्रशिक्षककाे रूपमा नेपाल जेसीजका पूर्व कानुनी सल्लाहाकार जेसी सुदिप राजभण्डारीले सहजीकरण गर्नु भएकाे थियाे । कार्यक्रममा नेपाल जेसीजका पू्र्व राष्ट्रिय अध्यक्ष सि धन्ञजय कुमार श्रेष्ठ,पूर्व अध्यक्ष जेसी खम थापा मगर लगायत वर्ष २०२४ का पदाधिकारीहरूकाे उपस्थिती रहेकाे थियाे ।