देवघाटधाम जेसीज, गीतानगर जेसीज र गीतानगर जुनियर जेसीजको संयुक्त आयोजना, देवघाट गाउँपालिका अध्यक्ष तथा देवघाटधाम जेसीजका मानार्थ सदस्य श्री तिल बहादुर थापाज्यूको प्रमुख आतिथ्यतामा र नेपाल जेसीज वर्ष २०१८ कि राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी रश्मी शिल्पकारज्यूको प्रमुख प्रशिक्षणमा LOM Officers' Training (शाखा पदाधिकारी तालिम) र Planning Workshop (योजना तर्जुमा कार्यशाला) सफलतापूर्वक सम्पन्न भएको छ ।
तालिम कार्यक्रममा नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय महासचिव जेसी कृष्ण सापकाेटाले सहजीकरण गर्नु भएकाे थियाे ।
देवघाटधाम जेसीजका काेषाध्यक्ष जेसी अर्जुन सुवेदी संयाेजक रहनु भएकाे कार्यक्रममा देवघाटधाम जेसीजकाे अध्यक्ष जेसी रघु मल्लकाे स्वागत मन्तव्य, देवघाटधाम जेसीजकाे संस्थापक अध्यक्ष जेसी विकास सापकाेटा र प्रमुख अतिथी देवघाट गाउँपालिकाका अध्यक्ष तथा देवघाटधाम जेसीजकाे मानार्थ सदस्य तिलबहादुर थापाज्यूले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । तालिममा देवघाटधाम जेसीज, गितानगर जेसीज र गितानगर जुनियर जेसीजका ४० जेसीज सदस्यहरूकाे उपस्थित रहेकाे थियाे ।