बाहुण्डाँगी जेसीजको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल

2024-02-05

क्सालबारीबाहुण्डाँगी जेसीजको आयोजनामा भारतको नक्सालबारीमा सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा आयोजक विजयी भएको छ । 

received_2613951568246321705588700.jpeg

जेसीजको अन्तराष्ट्रिय कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल  खेल आयोजना गरिएको थियो । 

आयोजक बाहुण्डाँगी जेसीजले भारतको ताराबारीलाई ४-३ गोल अन्तरले पराजित गरेको छ । 

received_17881967215930621705588671.jpeg

विजयी जेसीज टिमको तर्फबाट बिवेक तामाङले २ तथा विशाल तामाङ र किशन तामाङले १/१ गोल गरे । 

पराजित ताराबारीका लागि विशाल माझीले २ तथा अरुण माझीले १ गोल गरे पनि जीतको लागि पर्याप्त बन्न सकेन । 

आयोजक बाहुण्डाँगी जेसीजका अध्यक्ष देबु बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेत्रराज क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । 

received_23299573605259011705588755.jpeg

केदार सुनुवारले संयोजन गरेको कार्यक्रममा भारतीय सीमा सुरक्षा बलका अफिसर सुकवीर सिंह, किलारामजोत युवा संघ अध्यक्ष किशोर बस्नेत, संघका क्यासियर पूर्ण बस्नेतको उपस्थिति रहेको थियो ।

त्यस्तै बाहुण्डाँगी युवा क्लब अध्यक्ष पोषककुमार दर्जी, समाजसेवी दौलत क्षेत्री, नक्सालबारी पन्चायत सदस्य अजयकुमार दास, जेसीजका पूर्व अध्यक्ष कन्चन उप्रेती, सागर कार्की, संस्थापक उपाध्यक्ष निरज राईलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्रीले सामाजिक गतिविधिमा सक्रिय बाहुण्डाँगी जेसीजको आगामी कार्यक्रमको रुपमा रहेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता संचालान गर्न पुरस्कार तथा खेलाडी सम्मानका लागि नगद २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

मैत्रीपूर्ण खेल खेल्न ताराबारी पुगेको जेसीजको टिमलाई सह-आयोजक तथा स्थानीयको तर्फबाट खादा अर्पण गर्दै विशेष स्वागत तथा सम्मान गरिएको थियो ।

सह आयोजकका अध्यक्ष पूर्ण बस्नेतले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश अध्यक्ष बानियाँ र संचालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन् । received_10468980997000361705588824.jpeg

बाहुण्डाँगी जेसीजले वर्ष २०२४ को पदभार ग्रहण गरेसँगै सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा विविध कार्यक्रमको आयोजना गर्दै जेसीज गतिविधिलाई तीव्रता दिएको छ । 

received_4249345598622951705589005.jpeg

received_16958670042564111705588949.jpeg

JCI News Archive