बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले आफ्नो पाँचौं कार्यक्रमअन्तर्गत शनिबार 'लोम अफिसर तथा प्री-इन्डक्सन' तालिम सम्पन्न गरेको छ ।
बाहुण्डाँगीस्थित हात्ती रिसोर्टमा सम्पन्न तालिमको मुख्य प्रशिक्षक चारआली जेसीजका पूर्व अध्यक्ष उत्तम पकुवाल रहेका थिए । शाखाका पदाधिकारी तथा सदस्यहरुको काम, कर्तब्य बिषयमा भएको तालिममा २१ जना सहभागी थिए ।
वर्ष २०२४ का अध्यक्ष देबु बानियाँको सभापत्तित्व तथा वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कार्की, कार्यक्रम संयोजक सामुल रायालगायतले बोलेका थिए ।
कार्यक्रममा सहभागीको तर्फबाट रीना दर्जीले आफ्नो धारणा राखेकी थिइन् ।
सहकोषाध्यक्ष बिदात गिरीको सम्योजकत्वमा भएको तालिममा अस्थापाठ दिवस पौडेल तथा सन्चालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन् ।