बाहुण्डाँगी । बाहुण्डागी । झापाका पहिलो सहिद बिश्वनाथ घिमिरेलाइ बाहुण्डागी जेसीजले सम्झनामा दीप प्रज्वलन गरेको छ ।
सहिद दिवसको अवसर पारेर जेसीजिले सहिद घिमिरेको सालिक भएको स्थान मेचीनगर ४ बाहुण्डागीमा पुगेर जेसीजले माल्यणपन तथा मौन धारण गर्दै दीप प्रज्वलन गरेको हो । साथै वीर सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरेको थियो ।
शाखाका अध्यक्ष देबु बानियाको अध्यक्षतामा भएको कार्यक्रममा सहिद घिमिरेका नाति निरज घिमिरे, पुर्व अध्यक्ष कन्चन उप्रेती, राजु कुवर, बोर्डका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सन्चालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन ।