जेसिजको राष्ट्रियस्तरको तालिम लिन २६ शाखाका अध्यक्ष र पदाधिकारीहरु पाल्पामा थप सामग्री : https://ehimalayatimes.com/2024/02/197425/?fbclid=IwAR29D48kNe8dy8eLlxtW2BYIj4r4QJISRbm-yws9HmdN36-zmA80YOkovKA_aem_Ad-4K_mMK_YQVBXDbB5Xz8XEzFm2IB-UOeogYlKphRqvqSP8UmilKfYizEt9IT4boJQ

2024-02-05


२२ माघ २०८०, सोमबार

 जेसिजको राष्ट्रियस्तरको तालिम लिन २६ शाखाका अध्यक्ष र पदाधिकारीहरु पाल्पामा

रामचन्द्र रायमाझी

पाल्पा, संवाददाता

२० माघ २०८०, शनिबार १४:०८

206

Shares

Read Time = 5 mins

डिजिटल संस्करण

प्रदेश समाचार

लुम्बिनी प्रदेश

पाल्पा । संसदीय सभा प्रणाली सम्बन्धी दुई दिने राष्ट्रियस्तरको तालिम तानसेनमा भएको छ ।

जेसिजमा आवद्ध जेसी सदस्यहरुलाई बैठक सञ्चालन, मर्यादा, आफ्ना भनाइ राख्ने शैली लगायतका बारेमा जानकारी दिने उद्देश्यले पाल्पा जेसिज वर्ष २०२४ ले शुक्रबारदेखि तालिम सञ्चालन गरेको हो ।

तालिम शनिबार सकिएको छ । तालिममा प्रशिक्षक जेसी कैलाश खाकी श्रेष्ठ र जेसी शिव भूषालले बैठक के हो, बैठक कसरी सञ्चालन गर्ने, सफल बैठक कसरी आयोजना गर्न सकिन्छ,जेसिजमा अध्यक्ष र अन्य पदाधिकारीहरुको भूमिका विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका लागि देशभर रहेका जेसिजका २६ शाखाका अध्यक्ष तथा पदाधिकारीहरु विहिबार नै पाल्पा आइपुगेका थिए ।

तालिमको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख श्रेष्ठले युवाहरुको नेतृत्व, व्यक्तित्व विकास र अनुशासित बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आफु पनि वर्ष १९९० को मा जेसिज पाल्पाको अध्यक्ष भएको र त्यहाँबाट व्यक्तित्व विकाससँगै जीवन जिउने कला राम्रोसँग सिक्ने अवसर प्राप्त गरेको भन्दै युवाहरुलाई तालिममा सिकेका कुराहरु व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो । नगर प्रमुख श्रेष्ठले पाल्पा जेसिजले सकरात्मक सोंचको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको समेत बताउनुभयो । उहाँले सकरात्मक सोंचले मात्र लक्ष्य पुरा हुने भन्दै धैर्य र एकाग्रह भएर सकरात्मक सोंचका साथ काम गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मुख्य प्रशिक्षक जेसी कैलाश खाकी श्रेष्ठले पाल्पा शाखाले मिसन र भिजनलाई आत्मसाथ गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो । जेसिजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष जेसी सन्दीप अग्रहरीले जेसिज वर्ष २०२४ लाई ऐतिहासिक र सफल वर्षको रुपमा चिनाउन वर्ष भरी प्रशिक्षणका कार्यक्रमहरु गर्दै जाने बताउनुभयो ।

जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसी गणेश सापकोटाले राष्ट्रियस्तरको तालिम पाल्पामा सञ्चालन हुनु गौरवको कुरा रहेको बताउनुभयो । कार्यक्रममा जेसिज पाल्पाका संस्थापक अध्यक्ष छत्रराज शाक्य, जेसिजका पूर्व अध्यक्ष/पूर्व राष्ट्रिय उपाध्यक्ष तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले युवाहरुको व्यक्तित्व, नेतृत्व विकाससँगसँगै सामाजिक कार्यमा समेत सक्रिय बन्न जेसिजलाई आग्रह गर्नुभयो । उहाँहरुले युवाहरुलाई स्वदेशमै स्वरोजगार सिर्जनना गरी आर्थिक रुपमा बलियो बनाउने दिशामा समेत जेसिजले सोच्नुपर्नेमा जोड दिनुभयो ।

जेसिज पाल्पाका अध्यक्ष जेसी अर्जुन कार्कीले जेसिज वर्ष २०२४ को जेसिज अभियानलाई सफल बनाउन समय सापेक्षा उत्कृष्ट एवं उपलब्धि मूलक कार्यक्रमहरु सञ्चालन गरी युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यद्वारा प्रस्फुटन गराई कुसल नेतृत्व तथा सबल व्यक्तित्व वि



JCI News Archive