बुधबारे जेसिज वर्ष २०२४ ले मिति २०८०/१०/२२ गते (5th Feb. 2024) बुधबारे जेसिजको पुर्व अध्यक्षको प्रथम साधारण सभा पुर्व अध्यक्ष जेसि सेमन्त पोख्रेलको अध्यक्षतामा सम्पन्न गर्न सहजीकरण गरेको थियो। बुधबारे जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि दुर्योधन सिंह राजपुतको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा पुर्व अध्यक्षहरु जेसि प्रेम प्रकाश भण्डारी, जेसि हेमन्त बराल, जेसि, नन्द कुमार याफु राई, जेसि अनिल वाग्ले, सिनेटर मुकेश भट्टराई लगायतको उपस्तिथि रहेको थियो भने विशेष अतिथिको रुपमा निवर्तमान अध्यक्ष जेसि जेसि अर्जुन ढकाल र मानार्थ सदस्य दिपेन सिटौलाको आतिथ्यता रहेको थियो। उक्त साधारण सभाले जेसि प्रेम प्रकाश भण्डारीको अध्यक्षतामा बुधबारे जेसिजका पुर्व अध्यक्षहरु सबै सदस्य रहने गरि पुर्व अध्यक्ष क्लब गठन गरि साधारण सभा सप्पन्न गरेको थियो।