हेटौंडा जेसीजको आयोजनामा बहु शाखा संसदीय बैठक प्रणाली तालिम

2024-02-10

हेटौंडा जेसीजको आयोजनामा बहु शाखा संसदीय बैठक प्रणालीसम्बन्धी दुई दिने तालिम समापन भएको छ । हेटौंडा–२, होटल पल्पसा प्यारेडाईजमा भएको तालिम शुक्रबार सुरु गरी शनिबार समापन गरिएको हो ।

उक्त तालिमको हेटांैडा जेसीज वर्ष १९८१ का शाखा अध्यक्ष अंगद प्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।


यस्तै, तालिमको दोस्रो दिन अर्थात समापन कार्यक्रम नेपाल जेसीज वर्ष २०२४ का उपाध्यक्ष एवम् शाखा निरुपित राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।


ती दुबै दिनको कार्यक्रम हेटौंडा जेसीस वर्ष २०२४ का शाखा अध्यक्ष विकेश लाल श्रेष्ठको सभाध्यक्षतामा भएको हो ।

तालिम प्रमुख प्रशिक्षक नेपाल जेसीज पूर्व कार्यकारिणी उपाध्यक्ष सुनिल तिमल्सिनाले दिएका थिए ।


कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४ का लागि राष्ट्रिय तालिम आयुक्त सुयोग खरेल, हेटौंडा जेसीजका पूर्व अध्यक्षहरु, पूर्व राष्ट्रिय पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

तालिमले हेटौंडा र हेटौंडा आसपास रहेका जेसीजका शाखा र छिमेकी जिल्लामा रहेका जेसीजका शाखाका सक्रिय सदस्यहरु लाभान्वित हुने शाखा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जेसीज संसदीय प्रक्रिया विश्वभरका जेसीज संगठनहरूको लागि महत्वपूण रहेको बताउँदै यसले नेतृत्व क्षमताको विकास गर्नुका साथै आत्मविश्वास, विचारको स्पष्टता र रणनीतिक सोच, सफल नेताहरूको लागि आवश्यक गुणहरू उत्पन्न गर्ने हेटौंडा जेसीज वर्ष २०२४ का तालिम संयोजक सन्तोष पराजुलीले बताए ।

तालिममा १४ वटा शाखा सहभागि रहेका थिए । जसमा विरंगज जेसीज, हेटौंडा जेसीज, हेटौंडा लेडी जेसीज, बसामाडी जेसीज, बस्तिपुर जेसीज, चन्द्रनिगाहपुर सिटि जेसीज, पालुङ जेसीज, सिमरा जेसीज, लालबन्दि जेसीज, हरिवन सिटि जेसीज, बकैया जेसीज, मकवानपुरगढी जेसीज, चैनपुर जेसीज, कलैया सिटि जेसीजका गरी ७२ जनाले तालिम लिएका थिए ।

JCI News Archive