मिति२०८० साल माघ २६ र २७ गते मातृशाखा हेटौडा जेसी जको आतिथ्यतामा प्याराडाइस पल्पसाको सभाहलमा बहु शाखा संसदीय बैठक प्रणाली तालीम भव्य र सव्य रुपमा सम्पन्न भएको थियाे। उद्घाटन सत्रका प्रमुख अथिति हेटौडा जेसीजका सन् १९८१का पूर्व अध्यक्ष जेसी अंगद प्रसाद श्रेष्ठ ज्यू,विशिष्ट अथिती नेपाल जेसीज वर्ष २०२४ का क्षेत्र "ख"का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी शौरव श्रेष्ठ ज्यु ,नेपाल जेसीज वर्ष २०२४का राष्ट्रिय तालिम आयुक्त जेसी सुयाेग खरेल ज्यू लगायत अन्य अथिति ज्यूहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख प्रशिक्षण नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष जेसी सुनिल तिमल्सिना ज्यूले दिनुभएको थियो।उक्त कार्यक्रममा १४ वटा छिमेकि शाखाको सक्रिय सहभागिता रहेको थियो।जसमा बिरगंज जेसीज,हेटौडा जेसीज,बसामाडी जेसीज,पालुङ जेसीज,बस्तिपुर जेसीज,हेटौडा लेडि जेसीज,सिमरा जेसीज,लालबन्दि जेसीज,कलैया सिटी जेसीज,मकवानपुर गढि जेसीज,बकैया जेसीज,चैनपुर जेसीज ,चन्द्रनिगाहपुर सिटी जेसीज र हरिवन सिटि जेसीज सहभागीताको साथै वर्ष २०२४ का शाखा अध्यक्ष लगायत कार्यकारिणी उपाध्यक्ष,महासचिव,कोषाध्यक्ष,कानुनी सल्लाहकार ,उपाध्यक्ष ज्यूरु गरि जम्मा ७२ जना जेसीज पदाधिकारी ज्युहरुको उल्लेखनिय सहभागिता रहेको थियो।हाम्रो पालुङ जेसीज शाखाबाट अध्यक्ष-२०२४ जेसी निरज रायमाझी,महासचिव जेसी बिक्रम गोपाली,उपाध्यक्ष जेसी स्मिता बिष्ट र फेलोसिप संयोजक जेसी दिपा बल गरी ४ जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रमकाे दोस्रो दिन सामापन कार्यक्रम क्षेत्र "ख" निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी साैरव श्रेष्ठ ज्यू प्रमुख अथीती रहनुभएकाे थियाे । तालीम माघ २६ गते शुक्रबार ठिक १:३० बाट उद्धघाटन भई माघ २७ गते शनिबार दिउसो ठिक ३:००मा समापन भएको थियो।