बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको आयोजनमा पर्यकटीय स्थल मिनि माउटेनको सरसफाइ अभियान सम्पन्न भएको छ । हाम्रो सम्पती हाम्रो पर्यटन, बाहुण्डाँगी जेसीजको नयाँ अभियान भन्ने नाराका साथ शनिवार मेचीनगरको पर्यटकीय स्थल मिनि माउनटेनको सरसफाइ सम्पन्न भएको हो । सरसफाइ अभियानमा संस्थाका पदाधिकारी तथा मिनि मााउण्टेन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । बाहुण्डाँगी जेसीज २०२४ का अध्यक्ष जेसी देबु बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुस्मिता खतिवडाले गर्नु भएको थियो । साथै सोही अवसरमा संस्थाको दोस्रो बोर्ड बैठक समेत सम्पन्न भएको थियो ।