बुधबारे जेसिजको दोश्रो बोर्ड बैठक सम्पन्न । 10th February 2024 Saturday

2024-02-11

मितिः २०८०/१०/२७ गते शनिबार ( 10th February 2024)

बुधबारे जेसिजले दोश्रो बोर्ड बैठक सम्पन्न गरेको छ । बुधबारे जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि दुर्योधन सिंह राजपुतको अध्यक्षतामा सम्पन्न दोश्रो बोर्ड बैठकमा पूर्व अध्यक्ष जेसि नन्द कुमार याफू राई ज्यूको आतिथ्यता रहेको थियो । बोर्ड बैठकमा तपशिल बमोजिमको प्रस्तावहरु माथि छलफल गरी सर्वसम्मत रुपमा निर्णय गरिएको थियो।


१. जनवरी महिनाको कार्यक्रम तथा खर्च अनुमोदन सम्बन्धमा ।

२. बुधबारे जेसिजका सदस्य तथा अन्य स्थानीय युवाहरुको क्षमता अभिवृद्धि तथा ब्यवसाय संचालन/प्रवर्द्धनका लागि  तालिम लगायत अन्य युवा लक्षित कार्यक्रम संचालन सम्बन्धमा।

३. . Multi-Chapter Training संचालन वा अन्य शाखाको तालिममा सहभागिता सम्बन्धमा । 

४. पूर्व अध्यक्ष क्लबको प्रथम अधिवेसनबाट निर्वनचित अध्यक्ष तथा सदस्य ज्यूहरुमा बधाई तथा शुभकामना सम्बन्धमा ।

५.  नेपाल जेसिजले फाल्गुन ११ र १२ गते संचालन गर्न लागेको 2024 JCI Nepal National Councilors Academy  (February 23-24, 2024)  कार्यक्रमको सफलताको शुभकामना ।         

६. लागु औषधि सम्बन्धि प्रभावकारि कार्यक्रम संचालन सम्बन्धमा ।

७. अन्य विविध शिर्षक उपर छलफल गरी विभिन्न विषयमा छलफल गरी निर्णय गरियो ।

राष्ट्रिय गान गाएर तथा अध्यक्ष द्धारा  हेनरीको फोटोमा माल्यार्पण तथा खदा ओडाएर उद्घाटन गरेको कार्यक्रममा आस्थापाठ जेसि विजय राईले गरेका थिए ।       

                                                                                

JCI News Archive