पहिलो साधारण सभा सम्पन्न । धापासी जेसीज

2024-02-14

धापासी जेसीज बर्ष २०२४को पहिलो साधारण सभा बैठक मिति २०८० साल माघ २० गते शनिबार तदनुसार फेब्रवरी ३, २०२४ का दिन धापासीमा अवस्थित 'बर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेन कर्नर'मा जेसी अर्जुन गिरीको अध्यक्षतामा सम्पन्न गरियो ।


साधारण सभा बैठकमा बोर्ड पदाधिकारीहरुमध्ये बहुमतको उपस्थिती भएको र रोबर्ट रुल अनुसार बैठक बस्न सकिने भनि कानुनी सल्लाहकार जेसी सुजिना डंगोलले भनेबमोजिम बैठक बसी आउँदै गरेको 'विश्व क्यान्सर दिवस' (फेब्रवरी ४, २०२४)मा दिन दाहाल गौंडा चोक, धापासीमा "सामाजिक जनचेतना तथा दीप प्रज्वलन कार्यक्रम' गर्ने जस्ता निर्णयहरु गरियो । 

JCI News Archive