धापासी जेसीज बर्ष २०२४को पहिलो सामुदायिक कार्यक्रम अन्तर्गत 'विश्व क्यान्सर दिवस' फेब्रवरी ४, २०२४ का अवसरमा जेसी आशिष शर्माको संयोजकत्वमा 'सामाजिक जनचेतना तथा दीप प्रज्वलन कार्यक्रम' भब्यताका साथ सु-सम्पन्न गरियो । जेसी सुरज अधिकारीले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको थियो भने जेसिआई सिनेटर खेमराज अधिकारी र जेसी मुना अधिकारी वास्तोलाको आतित्यता रहेको सो कार्यक्रममा उपस्थित जेसी साथीहरुले सामाजिक सन्देश भरिएका 'प्लेकार्ड' बोकेर स्थानियलाई क्यान्सर बारे जानकारी तथा सचेत गराउँदै नियमित चेकजाँच गर्न सुझाउनु भएको थियो ।
आमन्त्रित मध्येबाट सुकायु आयुर्वेद अस्पातलसँग आबद्द ईन्द्रजीत यादवले क्यान्सर दिवस मनाउन नपर्ने बातावरण तयार पार्न हरेकले सुर्ती तथा मदिराजन्य पदार्थबाट टाढा रहनुपर्ने जिकिर गर्दै हरेक बर्ष २०,००० नयाँँ क्यान्सरका बिरामी देखा पर्ने गरेको तथ्याङ्क दिंदै आफ्नो आहार-विहार, दैनिकी, निद्रा जस्ता सामान्य कुराहरुमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।