शुभकामना आदान-प्रदान कार्यक्रम । धापासी जेसीज

2024-02-14

धापासी जेसीजले २०८० साल माघ २७ गते तदनुसार फेब्रअरी १० तारिखका दिन सोनाम ल्होछारको अवसरमा धापासीमा अवस्थित 'बर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकन कर्नर' मा शुभकामना आदान-प्रदान कार्यक्रम सु-सम्पन्न गरियो । कार्यक्रममा उपस्थित जेसी साथीहरुले एक आपसमा शुभकामना ब्यक्त गर्दै धार्मिक सहिष्णुता तथा भाइचाराको नमुना प्रस्तुत गर्नुभएको थियो। 


कार्यक्रम जेसी अर्जुन गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सो कार्यक्रममा सबैलाई आफ्नो ठानेर अगाडि बढ्न सके अनेकतामा एकता देखिने भएकाले सबै पर्व, संस्कृतिलाई उत्तिकै हर्षोल्लासका साथ मनाउन सबैलाई आग्रह गर्नुहुँदै कार्यक्रम समापन गरियो ।


JCI News Archive