LOM Officers Training सम्पन्न !

2024-02-15

उर्लाबारी जेसीज बर्ष २०२४ को पहिलो कार्यक्रम अन्तरगत मिति २०८० माघ १३ गते शनिवार (२७ जनवरी २०२४) का दिन LOM Officers Training सम्पन्न भएको छ । उक्त कार्यक्रममा उर्लाबारी जेसीज बर्ष २०२४का सम्पूर्ण पदाधिकारीहरुको सहभागीता रहेको थियो । तालीम पश्चात सम्पूर्ण सहभागीहरुलाई प्रमाण पत्र वितरण समेत गरिएको छ । उक्त तालिममा सहभागीहरुले तालीम फलदायी भएको र जेसीज अभियानमा सहभागी हुन थप हौसला मिलेको बताएका छन् भने अध्यक्ष जेसी नविन श्रेष्ठले बर्ष २०२४ भरी नै धेरै भन्दा धेरै तालिम आयोजना गर्ने योजना रहेको बताउनु भएको छ । तालीम बर्ष २०२४ का तालीम संयोजक जेसी भुपाल काफ्लेको संयोजकत्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रमूख प्रशिक्षकको रुपमा नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय तालीम आयुक्त जेसी सुनिल तिम्सीना रहनु भएको थियो ।

JCI News Archive