वि.सं. २०८० माघ २७ गते तदनुसार १० फेब्रुअरी २०२४ शनिवारका दिन राजविराज जेसीजकाे सञ्चालक समितिको पहिलो बैठक राजविराज जेसीजको सचिवालयमा सम्पन्न भएकाे छ । राजविराज जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी विप्लव आनन्दको अध्यक्षतामा सम्पन्न पहिलो कार्यसमितिको बैठकबाट वर्ष २०२४ का लागि कार्ययाेजना अनुमाेदन, बाेर्ड सदस्यको लागि नेतृत्व विकास तालिम, राजविराज लेडिज जेसीजको लागि नेपाल जेसीजमा पहल गर्ने, फेब्रुअरी महिनामा नेपाल जेसीजले दिएको टास्कहरू पूरा गर्ने, प्रशासनिक खर्च तथा जेसीज परिसरको विकासको लागि बजेट माग गर्ने जस्ता आवश्यक निर्णयहरू गरी बैठक सम्पन्न गरिएकाे थियाे ।