नेपाल जेसीजको आयोजना र धरान जेसीजकाे आथित्यतामा बहु शाखा संसदीय बैठक प्रणालीमा राजविराज जेसीजकाे सहभागीता

2024-02-18

यहि मिति २०८० साल फाल्गुन ५ गते तदनुसार २०२४ फेब्रुअरी १७ शनिवारका दिन नेपाल जेसीजको आयोजना र धरान जेसीजको आतिथ्यतामा होटल स्टार पूर्वीको सभाहलमा बहु शाखा संसदीय बैठक प्रणाली तालिम भव्य र सभ्य रूपमा सम्पन्न भएको थियाे ।


उक्त कार्यक्रमको प्रमुख प्रशिक्षकको रूपमा वर्ष १९९५ जेसीजका उपाध्यक्ष तथा वर्ष १९९४ नेपाल जेसीजका अध्यक्ष सिनेटर राज विमल श्रेष्ठ र सहायक प्रशिक्षकको रूपमा धरान जेसिज वर्ष २०१३ का अध्यक्ष जेसी गौरभ संज्याल रहनुभएका थिए । उक्त कार्यक्रममा ८ वटा छिमेकी शाखाको सक्रिय सहभागिता रहेको थियो। जसमा उदयपुर जेसीज, लहान सिटी जेसीज, राजविराज जेसीज, इनरुवा जेसीज, झुम्का जेसीज,चक्रघटी जेसीज, धनकुटा सिटी जेसीज र धनकुटा लेडी जेसीजको शाखा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।



उक्त कार्यक्रममा राजविराज जेसीज शाखाबाट वर्ष २०२४ का अध्यक्ष जेसी विप्लव आनन्द,महासचिव जेसी पंकज कुमार देव, कानुनी सल्लाहकार जेसी विक्रम काबरा, कोषाध्यक्ष जेसी सुनित कुमार मुन्ना, कार्यकारिणी उपाध्यक्षद्वय जेसी रवि राय र संजोग देव तथा उपाध्यक्षद्वय जेसी रामजी यादव र सौरभ सिंह गरी ८ जनाको सहभागिता रहेको थियो । तालिम बिहान १० बजे सुरु भएको थियो भने साँझ ५ बजे सम्पन भएको थियो ।

JCI News Archive