नुवाकोट जेसीजद्वारा निशुल्क मास्क बितरण

2024-02-18

मिति २०८० फाल्गुन ५ गते (तदनुसार १७ फेब्रुअरी २०२४) का दिन नुवाकोटको सदरमुकाम बिदुरमा चलिरहेको आठौ नुवाकोट महोत्सबको अबसरमा नुवाकोट जेसीजद्वारा महोत्सब अबलोकन गर्न आउनुहुने अबलोकनकर्ता हरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै निशुल्क सर्जिकल मास्क बितरण गरिएको छ । नुवाकोट जेसीज बर्ष २०२४ का उपाध्यक्ष रबिन्द्र लामिछानेको संयोजकत्वमा सन्चालन भएको उक्त कार्यक्रममा करिब ६००० जनालाइ निशुल्क मास्क बितरण गरिएको थियो ।

JCI News Archive