प्री इन्डक्सन एवम लोम अफिसर्स तालिम सम्पन्न ।

2024-02-19
प्री इन्डक्सन एवम लोम अफिसर्स तालिम सम्पन्न ।
JCI Suddodhan   बर्ष २०२४ का अध्यक्ष जेसि  रुपा पराजुली डुम्रेको  Plan of Action अनुसार फेब्रुअरी महिनामा गर्ने गरि तय गरिएको प्री इन्डक्सन एवम लोम अफिसर्स तालिम आफ्नो साखाका सदस्य एवम पदाधिकारीहरुलाइ  प्रदान गरेको छ। ड्रीम भिजन स्कुल अफ फर्साटिकरको हलमा ३० जनाको उपस्थितिमा सम्पन्न भएको  कार्यक्रममा प्रमुख प्रशिक्षकको भुमिका  नालान्दा  ग्र्याजुएट एनएलपी  सर्टिफाइड प्राक्टिस्नर जेसि मुक्तिनाथ गैरेले गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष  तथा जेसिआइ सुद्दोधनका लागि  निरुपित कार्यकारिणी उपाध्यक्ष  जेसिआइ सिनेटर सन्दिप अग्रहरी ले प्रशिक्षण कार्यक्रमको सफलताको सुभकामना ब्यक्त गर्दै आफू ब्यक्तिगत क्षेत्रमा निरुपित भएर यसरी कार्यक्रम अगाडि बढिरहदा थप उत्साह मिलेको कुरा बताउनु भयो। सुभकामना ब्यक्त गर्दै नेपाल जेसीजका सन्चालक समितिका प्रमुख सल्लाहकार जेसि चुडामणी डुम्रेले यस्तो खालको प्रशिक्षणले साखामा रहेका सदस्य एवम पदाधिकारीमा अब  जेसीज सम्बन्धी आफ्ना काम कर्तब्य र अधिकार क्षेत्र सम्बन्धी बिज्ञता हुने कुरा बताउनु भयो। कार्यक्रमको अध्यक्षता गरेकी जेसी रुपा पराजुलीले कार्यक्रमका प्रमुख अतिथि , प्रशिक्षक एवम  सहभागीहरुको गरिमामय उपस्थिति प्रती आभार एवम कृतज्ञता प्रकट गर्नु भएको थियो। साखाका महासचिव जेसी राहुल खनालको संचालनमा भएको कार्यक्रमको स्वागत मन्तव्य   कार्यकारिणी उपाध्यक्ष जेसी महेन्द्र गौतमले गर्नु भएको थियो।
JCI News Archive